• दमौली, २८ मङ्सिर

     तनहुँको भिमाद नगरपालिकामा रु पाँच करोडका योजना माग गरिएको छ । नेकपा (एकीकृत समाजवादी) भिमाद नगर कमिटीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई सोमबार मागपत्र बुझाउँदै विभिन्न योजनाका लागि बजेट बिनियोजन गर्न आग्रह गरेको हो । 

    नगर कमिटीका अध्यक्ष काजीमान श्रेष्ठले विभिन्न दश योजनाका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन गरिदिन मन्त्री श्रेष्ठसमक्ष आग्रह गर्नुभयो । उहाँले सडकका ६, खानेपानीका दुई, बाँध निर्माण र पहिरो नियन्त्रणका एक÷एक योजनामा बजेट विनियोजन गर्न माग गरिएको जानकारी दिनुभयो । भिमाद नगरपालिकाअन्तर्गत भिमाद भागर मोटरमार्ग स्तरोन्नति, बगैँचा पोखरीडाँडा सडक ढलान, दैकेडाँडा खानापानी आयोजनालगायतका योजनाका लागि बजेट माग गरिएको छ ।

    मन्त्री श्रेष्ठले समाजवादी पार्टीको सङ्गठन मजबुत बनाउनका लागि पनि अन्तर मन्त्रालयसँग समन्वय गरेर बजेट विनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

    माओवादी केन्द्र गण्डकीमा तनहुँमा २१

    नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीको सदस्यमा तनहुँबाट २१ जना चयन हुनुभएको छ । आइतबार पोखरामा सम्पन्न प्रदेश कमिटीको अधिवेशनबाट तनहुँका २१ जना सदस्यमा चयन हुनुभएको हो ।

    तनहुँका नेताहरू हेमराज लामिछाने (क्षितिज), ओमराज आले (मदन), अतिन्द्र केशरी न्यौपाने, गीता शाही, सूर्यबहादुर गौली, रामबहादुर थापा, सर्वदा खनाल, मुक्ति सिग्देल, विकास श्रेष्ठ, विद्या क्षेत्री, सृजना सिग्देल, दिनेश गौतम, दिपक पन्त, शुक्र चुमान, खुम बहादुर विक, दिलबहादुर नेपाली, पूर्णसिंह थापा, भिमबहादुर राना, करुणा गुरुङ, जौ माया विक र देविका बुर्जा मगर चयन हुनुभएको छ ।
     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…