• बलेवा, १ पुस 

     प्रवासमा रहेका युवाले यहाँको एक मध्यम परिवारलाई आर्थिक सहयोग गरेका छन् । रोजगारीको सिलसिलामा जापानमा रहेका युवाले गलकोट नगरपालिका–७ आँगाखेतकी वसुन्धरा केसीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् । 

        विभिन्न रोगबाट ग्रसित केसीको उपचारका क्रममा मृत्यु भएपछि जापानमा कर्मथलो बनाएका गलकोट–७ मल्म सिरबारेका युवा प्रकाश केसीको पहलमा सङ्कलित रकम हस्तान्तरण गरिएको हो । उनीहरुले रु तीन लाख ४५ हजार केसी परिवारलाई हस्तान्तरण गरेका थिए । वडाध्यक्ष टीकाबहादुर थापा र गलकोट समाज पोखराका अध्यक्ष हीराबहादुर थापाले केसी परिवारलाई संयुक्तरुपमा रकम हस्तान्तरण गर्नुभयोे । 

    जापानमा रहेका मल्मबासीसँगै गलकोटे नागरिकले आफूसक्दो आर्थिक सहयोग गरेका थिए । मृतक केसीको कलेजो, मिर्गौला र टाउकामा जटिल समस्या थियो । केसीको उपचारमा सहयोग गर्नका लागि सामाजिक सञ्जालमार्फत अभियान चलाएर सङ्कलन भएको रकम उहाँको मृत्युपछि परिवारलाई हस्तान्तरण गरिएको हो । 
     
        सहयोग सङ्कलनकै क्रममा उपचारमा रहेकी केसीको मृत्यु भएकाले जीवनरक्षाका लागि गरेको प्रयास असफल भएको प्रकाशले बताउनुभयो । विदेशमा सङ्कलित रकम गलकोट समाज पोखराको समन्वयमा हस्तान्तरण गरिएको थियो । उपचारकै क्रममा केसीलाई समाजका तर्फबाट रु २५ हजारसहित संस्थाका पदाधिकारीले रु ९६ हजार सहयोग गरेका थिए । बाँकी रकम १३ औँ दिनको पुण्यतिथिमा केसी निवास मल्म आगाँखेतमा परिवारलाई हस्तान्तरण गरिएको गलकोट समाज पोखराका अध्यक्ष खडकबहादुर थापाले बताउनुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…