• दमौली, १ पुस

     तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटस्थित कुखुरा फार्म नजिक राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले एक हप्ता अगाडि राखेको खोरमा परेर आज बिहान भाले बयस्क चितुवा नियन्त्रणमा आएको हो । 

    खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी गरिएको सवडिभिजन वन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त चितुवा अन्दाजी आठ वर्षको छ । स्थानीयवासी रामबहादुर तामाङको कुखुराको फार्ममा चितुवाले आक्रमण गरेर कुखुरा मार्न थालेपछि वन कार्यालयले खोर राखेको थियो । “केही समयदेखि चितुवाले कुखुरा मार्न थालेपछि वन कार्यालयले खोर राखेको चितुवाको नियन्त्रण प्रयास गरेको थियो, आज बिहानै उक्त खोरमा चितुवा प¥यो”, भुजेलले भन्नुभयो । 

    कार्यालयले हालसम्म १३ चितुवाको उद्धार गरेको जनाएको छ । केही वर्षयता तनहुँका विभिन्न भागमा चितुवाको आतङ्क छ । बस्ती छेउ आएर चितुवाले मानिसलाई आक्रमण गर्ने गरेको छ । साथै घरपालुवा जीवजन्तुमाथि पनि चितुवाको आक्रमण बढ्दो छ । चितुवाको त्रास बढेपछि वन कार्यालयले घरगोठ उज्यालो बनाउन र वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्न अनुरोध गर्दै आएको छ । वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । 

    विसं २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…