• रुख ढालेर चोरी गरी लगेको काठको बाँकी भाग

    पथरी । मोरङको पथरीशनिश्चरे नगर उत्तरको राष्ट्रिय वन क्षेत्रबाट पछिल्लो समयमा काठ चारी तस्करी बढेको छ । 
    पथरी बजार मुख्य सडक उत्तर करिव ३ किलो मिटरसम्म सामुदायिक वन क्षेत्र पर्दछ । सामुदायिक वन क्षेत्र उत्तर साझेदारी वन पर्दछ । 
    केही हप्ता अघि सब डिभिजन वन कार्यालय पथरीको टोलीले साइकलमा लोड गरी ल्याउदै गरेको काठको फ्यान्टा पक्राउ ग¥यो । वनको गस्ति देखेपछि काठसहितको साइकल छाडेर अभियुक्त परार भएको कार्यालय प्रमुख सुरेन्द्रकुमार कार्कीले बताए । साइकलमा ल्याउदै गरेको उक्त काठ १३ किबी रहेको कार्कीले बताए । त्यो काठ पक्राउ पर्नु अघिपनि तीन वटा साइकलमा दाउराको रुपमा ल्याउदै गरेको काठ बरामद भएको थियो । काठ र दाउरा चोरी गरेर ल्याउदै गरेको पाँच वटा साइकल सव डिभिजन वन कार्यालय पथरीमा रहेको छ । 
    पछिल्लो समय साझेदारीको वन क्षेत्रमा काठ चोरी बढेको हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरले बताए । सामुदायिक वन क्षेत्रमा खास चोरी नभएपनि राष्ट्रिय (साझेदारी)को वन क्षेत्रमा तस्करी बढेको छ । 
    गस्तिको आँखा छलेर चोरी हुनेगरेको सब डिभिजन वन कार्यालय पथरीमा कार्यरत वन रक्षक गणेश दाहालले बताए । गस्ति गर्दागर्दै रातसँझ काठ चोरी हुनेगरेको दाहालको भनाइ छ । 
    केहीदिन अघि सखुवाको ठाडै रुख ढालेर आधाभन्दा बढी काठ लगिसकेको अवस्थामा ठूटा (रुखको जरा) र केही काठ फेला परेको छ । आफै ढलेको रुखहरु पनि चोरी भइरहेको छ । पछिल्लो एक बर्षमा राष्ट्रिय वनबाट दुई दर्जन बढी रुखहरु चोरी भएको हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगरको बताए । 
    आफ्नो वन क्षेत्रको उत्तरी सीमानामा गस्ति गर्ने क्रममा ढलेको र केही ठाडो रुखहरु काठ चोरेर लगेको ठुटाहरु देखिने गरेको उनले बताए । 
    नेपाल सरकारले २०७६ चैत्र ११ गते वैज्ञानिक वन कार्यविधि २०७१ खारेज गरेपछि वैज्ञानिक वन लागू भएको वन क्षेत्रबाट ढलेको रुख पनि संकलन गर्न प्रतिबन्ध छ । ढलेको रुख र सुक्खा खडा संकलन गर्न नपाउने भएकोले पनि चोरी तस्करी बढेको बुझिन्छ । 
    संविधान अनुसार वन क्षेत्र प्रदेश सरकारको अधिनमा रहेको छ । प्रदेश सरकारले निर्णय गरेमा ढलेको र सुक्खा खडा रुख संरक्षण वा उपभोक्तालाई बिक्री वितरण गर्न पाउछ । तर १ नम्बर प्रदेश सरकारको वन मन्त्रालयले यस बिषयलाई चासो नदिएको कारण वैज्ञानिक वन ब्यबस्थापन लागू भएको वनहरुमा समस्या भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहाले बताए । पथरीशनिश्चरेको हरियाली, शान्ति र पशुपति सामुदायिक वनमा वैज्ञानिव वन ब्यबस्थापन लागु भएको थियो । गएको अशोजमा पशुपति सामुदायिक वन क्षेत्रबाट चोरी भएको काठ किनेको आरोपमा पथरीशनिश्चरे ७ स्थित पुजा समिलका सञ्चालक कृष्ण कोइराला पक्राउ परेका थिए । जिल्ला अदालत मोरङले कोइरालालाई तीन लाख धरौटी लिएर मुद्दामा रहेको वन कार्यालयले जनाएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…