मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी बहुमुखी क्याम्पसमा आज (शनिबार) नेकपा (एकीकृत समाजवादी) पार्टीको जिल्ला समितिको पूर्ण बैठक समापन भएको छ ।
पार्टीको पोलिटब्युरो सदस्य तथा १ नम्बर प्रदेश अध्यक्ष बलदेब चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकले संगठन बिस्तारलाई तिब्र बनाउने, केपी ओलीको प्रतिगामी दकम विरुद्ध जनतालाई जागरुक गर्ने, बिभागीय जिम्मेवारीहरु बाँडफाँड गरिएको पार्टी जिल्ला उपाध्यक्ष चण्डीप्रसाद राईले बताए ।
पार्टीको जिल्ला अध्यक्ष चन्द्रबीर राईको सभापतित्वमा भएको कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव महेश रेग्मी, जिल्ला इन्चार्ज हर्कमान तामाङ लगायतको उपस्थितिमा भएको बैठकले पार्टीले अगाडि सोरेको तीन महिने अभियानलाई मोरङ जिल्लामा तिब्रता दिने निर्णय भएको जिल्ला सचिव राजन केसीले बताए ।