• बिजय धिमाल
    मोरङ ÷ मोरङ पथरीशनिश्चरेको डाँस मोरङ्गी सामुदायिक वन क्षेत्रमा गुप्ताङ्ग (योनि)मा रगतसहित फेला परेकी १९ बर्षिय किशोरीको उपचारको क्रममा मृत्यु भएको छ । 
    मोरङ सुन्दरहरैचा नगरपालिका १ स्थित काका डिल्लिराम आचार्यको घरमा बसेर कृषि सम्बन्धी अध्ययन गर्दै आएकी १९ बर्षिय कमला आचार्यको १३ गते (मंगलबार) अपरान्ह करिव १ बजे मुख्य सडक दक्षिणमा जंगलमा फेला परेकी थिइन । 
    आचार्य काकाको घरबाट तीन दिन अघि (१० गते) हिडेकी थिइन । जंगलमा एक्लै पानी पानी भन्दै चिच्याइरहेकी किशोरी आचार्यलाई घाँस दाउरा गर्न गएकाहरुले भेटेर प्रहरी बोलाएर उद्दारको प्रयास भएका थिए । प्रहरीले किशोरीलाई तत्काल पथरीको मोरङ डाइग्नोष्टिक अस्पताल भार्न गरेको थियो । पथरी अस्पतालमा आफन्तले लुगा फेर्दिन खोज्दा गुप्ताङ्गमा ब्लड देखिएको थियो । 
    जंगलमै हिरिक, हिरिक गर्दै गरेको अवस्थामा फेला परेकी कमलाले आफूले मुसालाई दिने बिष सेवन गरेको बताएकी थिइन । किन बिष सेवन गरेकी हुन सोध्ने क्रममै बेहोस भएपछि आचार्यलाई थप उपचारको लागि विराट नर्सिङ होम, बिराटनगर लगिएको थियो । उपचारको क्रममा १४ गते बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 
    स्थायी घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ भएकी कमला आचार्य कृषि विषय अध्ययन गर्दै आएकी थिइन । कानेपोखरी जंगलमा एक्लै युवति किन, आएकी थिइन ? यी लगायतको बिषयमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतक युवतिको शव पोस्टमार्टम दाह सस्ककार भएको आफन्तले जनाएको छ । 

     


     

सम्वन्धित समाचार

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखिुपके गाउँपालिकाका पालिका सभापति राम चन्द्र बस्नेत पक्राउ…

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक…

काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे ब…