• १६ फागुन २०७४
    भीमराज अधिकारी, मोरङ
    पथरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले १५ किमी खुल्ला म्याराथन दौडको आयोजना गर्ने भएको छ । स्ववियु स्थापना भएको १ वर्ष पुगेको अवसरमा फागुन २२ गते सो कार्यक्रम गर्न लागिएको स्ववियु सभापति गोपाल साँवाले पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
    “स्वस्थ ज्यान, स्वास्थ ज्ञान, हाम्रो अभियान” भन्ने मूल नाराका साथ खुल्ला म्याराथनको आयोजना गरिएको बताइएको छ । प्रतियोगितामा भाग लिन इच्छुक सबैले सहभागीता शूल्क रु २ सय तिरेर खुल्ला रुपमा सहभागी हुन पाउनेछन् । विद्यार्थीको परिचय पत्र र विद्यालयको पत्र भएमा ५० प्रतिसत अर्थात १ सय छुटमा सहभागी हुन पाइने छ । म्याराथन प्रथमलाई १५ हजार, द्वितियलाई १० हजार, त्रितृयलाई ५ हजार नगद प्रमाण पत्र र मेडल तथा चौथो र पाचौँ हुनेलाई सान्तवना पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
    कार्यक्रमको लागत खर्च १ लाख १० हजार अनुमान गरिएको छ । क्याम्पसले ३० प्रतिसत, ४० प्रतिसत सहयोगीहरुबाट र बाकीँ ३० प्रतिसत सहभागीहरुबाट दर्ता शूल्क स्वरुप लिइने छ । १५ किमी म्यारथनका लागि विहान ८ बजे देखि पथरी बहुमुखी बाट सुरु भएर बुद्ध चोक, शिखर चोेक, सिवालय मन्दिर, पूर्व पश्चिम लोकमार्र्ग, त्रिवेणी चोक, यलम्बर चोक हुदैँ पून पथरी बहुमुखी आउने छ । यसरी एक पटकमा ३ किमीको दुरी तय गरिएको छ । १५ किमीका लागि ५ पटकमा उक्त दुरी पुरा हुनेछ ।
    पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख चेतन पौडेलले क्याम्पसले गरिरहेका गतिविधिका बारेमा छोटकरीमा जानकारी गराउनु भएको थियो । विद्यार्थीका हितमा कार्यहरु गरिरहेको र आगामी दिनमा पनि विभिन्न अतिरिक्त कार्यक्रमहरुका लागि उप समितिहरु गठन गरी कार्यक्रम गर्ने तयारी गरिएको पौडेलले बताउनुभयो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…