• उदयपुर, २१ पुस

     अचानक चिसो बढ्दै गएपछि त्रियुगा र चौदण्डी गढी नगरपालिका क्षेत्रका गरिब विपन्न परिवारलाई समस्या परेको छ ।  न्यानो लुगा र ओढ्नेको अभावमा ती परिवार समस्यामा परेका हुन् । 

        त्रियुगा–३ मोतिगडा, त्रिनपा–१ जोगिदह, त्रिनपा–६ देउरी उत्तराई र चौदण्डी गढीको हँडियाका मुसर चिसोबाठ  पीडित बनेका जनाइएको हो । त्रियुगा–३ मोतिगडा ठाडी मुसहर टोलका गुदर सदाले गतिलो ओढ्ने कपडा नहुँदा रातका समयमा आगो र घुर तापेर रात काट्न बाध्य भएको बताउनुभयो । 

        दुई वर्षअघि त्रियुगा नगरपालिकाले वितरण गरेको केही ओढ्नेहरु कपडाहरु फाटिसकेको र लामो समयसम्म कोरोनाको प्रभावले आफूहरुले रोजगारी गुमाउन पर्दा नयाँ कपडाहरु किन्न पनि नकसकेका उनीहरुको गुनासो छ । त्रिनपा देउरी–६ जलजले उत्तरराई टोलका देवीराम सदाको पनि गुनासो गुदर सदाको जस्तै छ । उहाँले भन्नुभयो, “पुरानो कपडाहरु फाट्न थाले, नयाँ कपडाहरु किन्न सकिएन, झन्डै दुई वर्ष कोरोनाका कारण काम गुमाउन पर्दा घरमा खान र परिवार पाल्न नै धौ–धौ प¥यो, सातजनाको परिवारमा दुईवटा ओढ्ने कम्मल छ, चिसो बढेपछि राति पालैपालो सुत्ने र पहिलो सुत्ने उठेपछि अरू सोही लुगा ओढेर सुत्ने गरेका छौँ ।”

        त्रिनपा–१ जोगिदह मुसहरी टोलका सदा परिवारहरुको पनि यस्तै समस्या छ । स्थानीय सामाजिक अभियन्ता जानुका सदाका अनुसार अधिकांश जोगिदहका मुसरहरु ओइलेनी जग्गामा बस्न  र रातको समयमा घरको आँगन परिसरमा आगो तापेर रात काट्न बाध्य छन् । 

        चौदण्डी गढी –९ हँडियाको मुसहर टोलका झन्डै ३५ घर मुसहर बस्तीमा पनि चिसो बढेसँगै ओढ्नेको अभाव हुन थालेको छ । उनीहरु रात्रिका समयमा आगो ताप्ने र घुर तापेर रात कटाउन बाध्य छन् । यस पटक स्थानीय पालिकाहरु र सामाजिक सङ्घसंस्थाले पनि न्यानो कपडा वितरणमा अहिलेसम्म सहयोग नगरेको ती परिवाहरुले गुनासो गरेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…