• तुलसीपुर, २३ पुस 

     दाङको विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीका लागि कार्यक्रम सञ्चालन गरिएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा महेशकुमार खनालका अनुसार यही पुसदेखि मधुमेहका बिरामीलाई निःशुल्करूपमा रगत परीक्षण गर्नुका साथै मिर्गाैला तथा मुटुको जाँच गर्नुका साथै बोसोको समेत जाँच भइरहेको छ ।

    सोमध्ये अहिलेसम्म एक सय जनाले उक्त सुविधा लिइसकेको निमित्त निर्देशक डा खनालले बताउनुभयो । त्यस्तै मधुमेह नियन्त्रणमा राख्ने जडीबुटी औषधि तथा परामर्शसमेत प्रदान गर्ने गरिएको उहाँको भनाइ छ । करिब तीन सय जनालाई उक्त सेवा प्रदान गर्ने लक्ष्य राखिएको डा खनालले बताउनुभयो । अस्पतालमा दैनिक बिहान ८ देखि दिउँसो १ बजेसम्म सेवा सञ्चालन हुँदै आएको उहाँको भनाइ छ ।

    अस्पतालमा हाल पाइल्स, फिस्टुला, फिसर, पारालाइसिस, जोर्नी दुखेका बिरामी, ग्याष्टिक, हातखुट्टा नचल्ने, कब्जियतलगायतको उपचार भइरहेको छ । बिरामीलाई आयुर्वेद उपचार पद्धतिमा आकर्षित गराउनका लागि यसरी नै नयाँ–नयाँ कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको चासोसमेत बढेको छ ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…