• इनरुवा, २३ पुस 

     सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

    कोसी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२७प २१९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१०२००१ख ८१९६ नंको बसले ठक्कर दिँदा मोटसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । 

    गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । सवारीसाधन र बसचालक इटहरी–४ का ४४ वर्षीय टीकाराम चौधरी प्रहरीको नियन्त्रणमा छन् । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…