•  कपिलवस्तु २५ पुस

    नेकपा एमाले कपिलवस्तुको जिल्ला अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । पदाधिकारी र केही सदस्य पदमा सहमति नजुटेपछि भएको निर्वाचनबाट शर्मा निर्वाचित भएका हुन् । उनले २ सय ३८ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी बाबुराम खनालले १ सय ८६ र नेत्रराज अधिकारीले १ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रबहादुर कार्कीले बताए ।

    यसैगरी उपाध्यक्षमा विश्राम प्रसाद चौधरी ३ सय ४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी हिरालाल पौडेलले १ सय ६६ मत पाए । सचिव पदमा चन्द्र बहादुर गहतराज २ मतले निर्वाचित भएका छन् । मत गणनामा विवाद भएपछि पुन गणना भएको थियो । गहतराजले १ सय ७८ मत प्राप्त गर्दा विश्व कार्कीले १ सय ७६ र भेषराज पाण्डेले १ सय ६० मत पाएका थिए ।

    सहसचिवमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनबहादुर केसीले १ सय ३१ मत प्राप्त गरी निर्वाचित भएका छन् । यसैगरी सहसचिव पदमा सुशीला दर्लामी निर्विरोध निर्वाचित भएकी थिइन् । शनिवारदेखि मतदान प्रक्रिया सुरु भएपछि खुला सदस्य, ८ पालिकाको भूगोलतर्फको सदस्य निर्विरोध चयन भएको निवर्तमान जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताए । कुल ५ सय ५२ प्रतिनिधि मध्ये ५ सय २७ मत खसेको थियो ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…