•  काठमाडौ, २५ पुस

    काठमाडौबाट उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ। शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो । उखुको रसबाट सख्खर बनाएर चाक्कुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो । जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार हो। माघे सन्क्राती नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन् । 

    टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उधोग छन। वर्षको दुई महिना ९मंसिर र पुस० मा ३०० देखि ४०० जनाले रोजगारि पाउने , एउटा उधोगबाट एक लाख ६५ किलोसम्म चाकु बेच्ने गरेको तथा महिनामा ३ देखि ४ लाखसम्म आमदानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका  अध्यक्ष कृष्ण श्रेष्ठले बताउँछन् ।  
     
    एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँ सम्म ,खुवा चाकु सुत्केरी चाकु र स्पेसल चाकु प्रति किलाेकाे १८० रुपैयाँ पर्न जाने उनी बताउँछन ।AvatarAvatarAvatar

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…