•  भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा रु नौ करोड २७ लाख ९५ हजार ५२ जम्मा भएको छ ।
     
        सहकारीको वार्षिक साधारणसभाका अवसरमा शेयर सदस्य ७१३ जना पुगेको जानकारी गराइएको छ । यसैगरी शेयर पुँजी रु तीन करोड २१ लाख ९२ हजार १०० पुगेको अध्यक्ष लालबहादुर पाण्डेको प्रतिवेदनमा उल्लेख छ । तीस सदस्यबाट सहकारीको २०६७ वैशाख ८ गते सुरुआत गरिएको थियो । भृकुटीमण्डप खुला बजारका करिब ६० प्रतिशतभन्दा बढी व्यवसायी सहकारीका सदस्य छन् । 

        साधारणसभाको उद्घाटन गर्दै काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका अध्यक्ष दीपक पनेरुले शेयरको तुलनामा १५ गुणा बढी बचत हुनुपर्ने कानूनी व्यवस्था पालना गर्न अनुरोध गर्नुभयो । 

        काठमाडौँ महानगरपालिका वडा नं २८ का अध्यक्ष भाइराम खड्गीले शेयर सदस्य, शेयर पुँजी एवं बचतसमेत वृद्धि गर्न सुझाव दिनुभयो । समाजकल्याण परिषद्का नाममा रहेको भृकुटीमण्डप बजारमा करिब एक हजार ३०० पसल सञ्चालनमा छन् ।
     

सम्वन्धित समाचार

  काठमाडौं । गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । के…

महोत्तरी, १७ फागुन  मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स&ndash…

सुर्खेत, ३० पुस भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको काममा …

बुटवल,  ३० पुस स्थानीयवासीले नगरपालिकाबाट हुने सेवा प्रवाहमा सुधार ल्याउन बुटवल उपमहानगरल…