•  विराटनगर, २८ पुस

    गाउँमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित विराटनगरका दुईजनाले कृषि उद्यममा हात हालेका छन् । आठ करोडको लगानीमा विराटनगर-१२ का सञ्जय चापागाईर गजेन्द्र शर्मा बञ्जराले सोही वडाको दरैया बस्तीमा कृषि उद्यम सञ्चालन गरेका हुन् ।

    आठ महिनाअघिदेखि उनीहरूको उद्यम सञ्चालनमा आएको छ । उनीहरूको फार्ममा अहिले ५० वटा गाई छन् । फार्मले दैनिक आठ सय लिटर दूध उत्पादन गर्न थालेको छ । आउँदो वैशाख महिनादेखि दैनिक १५ सय लिटर दूध उत्पादन गर्ने गरी कामलाई तीव्रता दिएको चापागाईले बताए । फागुनसम्ममा थप ५० माउ  गाई थप गरेर १५ सय लिटर दूध बेच्ने उनले बताए । मामाभान्जाको फार्मको नाम भने बञ्जरा कृषि फार्म राखिएको छ ।  अहिले फार्ममा २५ देखि ४२ लिटरसम्म दूध दिने होलस्टेन जर्सी गाईहरू छन् । गजेन्द्र शर्मा भने चीनको एक होटेलमा काम गर्छन् । 

    केही दिनभित्रै थप १५ वटा गाई भारतको पन्जाबबाट आइपुग्ने फार्मले जनाएको छ । तीन चरणमा ५० करोड लगानी गर्ने लक्ष्य राखेर आठ महिनाअघि सुरु गरेको कृषि फार्मले अटोमेटिक प्रविधिमा आधारित डेरी उद्योग सञ्चालनको तयारीसमेत सुरु गरेको छ ।  गाईलाई घाँस तथा पानी खुवाउने, गोबर सोहोर्ने, दूध दुहुनेलगायतका काम उपकरणबाट गरिने फर्म सञ्चालक सञ्जयले बताए । 

    उपकरणबाटै गाई दुहुने गरेको छ । फार्म पूर्णरूपमा सञ्चालनमा आएपछि दैनिक पाँच हजार लिटर दूध र पाँच सय किलोग्राम तरकारी उत्पादन गरी बजारमा पठाउने योजना फार्मको छ । 

    पाँच बिघा जमिनमा फैलिएको फार्ममा गाईसँगै सागसब्जीसमेत उत्पादन हुने गरेको छ । दैनिक पाँच हजार लिटर दूध र पाँच सय केजी अर्ग्यानिक तरकारी उत्पादन गरेर स्थानीय बजारमै पुराएर उनीहरूले बेचिरहेका छन् ।

    २५ जनाले दैनिक रोजगारी पाइरहेको सञ्जयले बताए । दुग्धजन्य वस्तुको उत्पादन, गाईको ब्रिडिङ, दानाको रूपमा प्रयोग हुने साइलेज पूर्ण क्षमतामा उत्पादन गरी कृषकहरूलाई बिक्री गर्ने योजना रहेको उनले सुनाए । अर्ग्यानिक गड्यौले मल उत्पादन गर्ने तयारी तगारी गरिएको उनले बताए ।  तेस्रो चरणमा सन् २०२३ सम्म कुल लगानी ५० करोड पुर्‍याइने एग्रोको तयारी छ । हाइब्रिड बाच्छी उत्पादन गरेर किसानलाई उपलब्ध गराउने लक्ष्यसमेत लिएको उनले बताए । 

    गाईको आहारका लागि देवानगञ्जका किसानहरूले ५० बिघा खेतमा लगाएको मकै किनेर ल्याएर साइलेज बनाउन दिने गरेका छन् । उनीहरूले वर्षमा दुईपटकपटक मकै खेती गर्ने गरेका छन् । फार्मले मकै काट्ने र साइलेज बनाउने ‘मोबाइल मेसिन’ किसानको खेतमै पुर्‍याउने गरेको छ । खेतमा रोपेको मकै ८५औँ दिनमा काटेर साइलेज बनाइरहेको र आगामी दिनमा थप क्षेत्रफलका लागि किसानसँग सम्झौता गर्ने तयारी भइरहेको चापागाईले बताए । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…