• लन्डन, २९ पुस 

    धादिङ नुवाकोट समाज युकेले लन्डनस्थित समाजसेवी तथा व्यवसायी कृष्ण तिमल्सेनालाई सम्मान गरेको छ ।

    समाजले बेलायतको नेपाली समुदायमा तिमल्सेनाले गरेको सेवाका लागि एक कार्यक्रम गरी सम्मान गरेको हो । सम्मान अर्पण गर्दै समाजका अध्यक्ष धन तामाङले तिमल्सेनाले आफ्नो जिल्लावासीलाई मात्र नभएर समस्त बेलायत र नेपालकै हितका लागि अहोरात्र च्यारिटी कार्य गरेको बताउँदै तिमल्सेनालाई सल्लाहकारका रुपमा पाउनु समाजका लागि ठूलो सम्पत्ति भएको बताए ।

    तिमल्सेनाले सम्मान गरेकामा समाजप्रति आभार व्यक्त गर्दै यसले आफ्नो निस्वार्थ समाजसेवामा थप प्रेरणा मिल्ने बताए । झण्डै दुई दशकदेखि लन्डनमा बसोबास गर्दै आएका तिमल्सेना एनआरएनए युरोप उपसंयोजक हुन् । उनी बेलायत र नेपालमा कयौं व्यवसाय र संघसंस्थामा आवद्ध छन् ।

सम्वन्धित समाचार

 काठमाडौँ, २९ भदौ: अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष…

 ढोरपाटन (बागलुङ), २८ भदौ : आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भे…

 काठमाडौँ, १८ भदौ : ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक ब…

रामपुर (पाल्पा), १३ भदौ : पाल्पाको रिब्दिकोट गाउँपालिका–२  जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाक…