• सिमकोट, ३० पुस

    हुम्लाको नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी बिरामीकाे उपचार गर्न दुर्गम बस्ती चाला गाउँमा पुगेका छन् ।

    स्वास्थ्यकर्मी गाउँमै आएर उपचार गर्दा निकै नै राहत भएकाे स्थानीय काँडोल लामाले बताए । चाला गाउँबाट नाम्खा गाउँपालिका केन्द्र यालबाङ पुग्न एक दिन पैदल हिँड्नुपर्छ ।  

    नाम्खा गाउँपालिका स्वास्था शाखाबाट तीन जना स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न हिमपातमा पनि गाउँ पुगेका हुन् । सडक सञ्जाल नजोडिएको  जिल्ला हुम्ला हो ।

    गाउँमा बिरामी पर्दा लामा बसाल्ने र झारफुक गर्नेबाहेक विकल्प नभएका बेला स्वास्थ्यकर्मी पुगेर उपचार गरेकाे ताक्ला जिग्मेत लामाले बताए ।

    गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाका अनुसार चाला गाउँमा स्वास्थ्य चौकी नहुँदा स्थानीयले सदरमुकाम सिमकोट वा गाउँपालिका केन्द्र याल्वाङमा रहेको स्वास्थ्य चौकीबाट चार-पाँच महिनाअगाडि लगेकाे सिटामोलले काम चलाउने गरेका थिए ।

    बिरामीले उपचार नपाउने अवस्था भएपछि घरदैलो कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।  ज्येष्ठ नागरिक, गर्भवती र बालबालिका गरी ३५ जना बिरामीको उपचार गरिएको उनले बताए ।  

    स्वास्थ्य परीक्षणसँगै औषधि पनि दिइएकाे छ । 

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …