• न्युयोर्क, ३० पुस

    अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ । ठूला कम्पनीका कर्मचारीले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा आफ्नै खर्चमा कोभिड परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति बाइडेनको नीतिलाई सर्वोच्चले रोक लगाएको हो । 

    कम्तीमा एक सय कर्मचारी रहेका कार्यलयमा साे नियम लागु गर्न बाइडेन प्रशासनले सम्बन्धित कार्यलयहरुलाई निर्देशन जारी गरेको थियो । सरकारको सो निर्देशनमा करिव आठ करोड ४० लाख कर्मचारी समेटिन्थे ।

    सो नीति सरकारको क्षेत्राधिकार बाहिर भएको अदालतले ठहर गरेकाे छ । सर्वोच्चका नौ न्यायाधीशमध्ये ६ जनाले राष्ट्रपतिकाे नीतिविरुद्ध फैसला गरेका थिए ।

    पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अदालतको आदेशको स्वागत गर्दै खोप अनिवार्य लगाउनुपर्ने नीतिले अर्थतन्त्रलाई क्षति पु¥याउने बताएका छन् । ‘सर्वोच्चको पछिल्लो फैसलाको हामी सम्मान गर्छौ ।’ 

    सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने बाइडेन प्रशासनको नीतिलाई भने अदालतले स्वीकृत जनाएको छ ।

सम्वन्धित समाचार

भैरहवा, १४ म‌ंसिर भैरहवामा अत्याधुनिक उपकरण सहितको प्याथोलोजीले सेवा सुरु गरेको छ । १७ व…

ललितपुर, ११ मंसिर आरा मेडिसिनले ललितपुरको इमाडोलस्थित नयाँ बस्तीमा एक महिने निःशुल्क स्वास्थ्य जाँच सञ्चा…

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा आयोजना गरिएको तीन दिने निःशुल्क आँखा जाँच शिविर…

सुर्खेत, १९ कात्तिक  उपल्लो डोल्पाका सर्वसाधारणको उपचार सेवा आम्चीको भरमा चल्दै आएको छ । तीन …