• माघ १, शनिबार
    मोरङको पथरीशनिश्चरेमा माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा २०७८ तथा नयाँ वर्ष ५०१६ मानि शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 


    नेपाल मगर संघ पथरीशनिश्चरे मोरङको आयोजनामा आज भएको सो कार्यक्रममा सामुहिक हुर्रा नृत्य, झ्याउने भाकाको नृत्य, विभिन्न खेलकुद र सम्मान कार्यक्रमहरु भएकाे हाे । 


    कार्यक्रममा हर्कबहादुर आले मगर, माया पाङ्गमी आले मगर, विजय मगर र शेरबहादुर आले मगरलाई कार्यक्रमका प्रमुख अतिथि नगरका उपप्रमुख यमुना बिष्ट बास्तोला, विशिष्ट अतिथि पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, अतिथि वडा अध्यक्ष डम्बर चेम्जोङले संयुक्त रुपमा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।  


    यस्तैगरी छिटो खाने खेलमा क्रमशः प्रथम एनिङका राना, दोस्रो पुनम जर्घा मगर, तेस्रो उर्मिला मगरलाई पुरस्कार प्रदान गरिएको थियो । मसिना केटाकेटीहरुतर्फ स्पोन रेसमा क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनेहरु क्रिष्टिना मगर, सस्मा सारु मगर र सुमिदी पुलामी मगरलाई पनि पुरस्कार प्रदान गरिएको थियो । 


    कार्यक्रम आयोजकका अध्यक्ष टंक राना मगरको अध्यक्षता तथा सचिव विरेन पुलामी मगरले सञ्चालन गरेका थिए । नृत्य, डाँडा घरे साइली बोलको गीतमा कृष्टिना लामिछाने मगरको नृत्य, एलिना, हेलिना, मिस्मीको झ्याउने भाकाको नृत्य, रविन मगरको गायन र डान्स ग्यलरी टिमको आकर्षक नृत्यले उपस्थित दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…