• जाजरकोट, २ माघ

    भेरी नगरपालिका नीतिगत निर्णयदेखि जनमुखी काममा समेत अगाडि देखिएको छ । युवाले नेतृत्व गरेको पालिका भनेर स्थापित भएको भेरी नगरपालिका शैक्षिक, स्वास्थ्य, सञ्चार र नीतिगत निर्णयमा समेत प्रभावशाली बन्दै गएकाे छ ।

    विगतका चुनावी घोषणासमेत पूरा हुँदै गएका छन् । केही दीर्घकालीन र केही अल्पकालीन निर्णय हुनुका साथै भावी पुस्ताका लागि नासोको रूपमा हेरिएका महत्वाकांक्षी योजनाहरूको शुभारम्भसमेत गरिएको छ । जिल्ला सदरमुकाममा सडक, खानेपानी, विद्युत र स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको देखिन्छ ।

    भेरी नगरपालिका र पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा काफलचौरमा बहुप्राविधिक शिक्षालय स्थापना गरिएको छ । जिल्लामै कुनै पालिकामा नभएको तर भेरीले मात्र सुरुवात गरेको शवबाहन ( एम्बुलेन्स) सेवा पनि जिल्लाकै नमुनामा पर्दछ ।

    एम्बुलेन्समा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट र सुत्केरी महिलाका लागि नि:शुल्क सेवा दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । भेरी नगरभित्र ५० शैय्याको अस्पताल निर्माण कार्य जारी छ ।

    कर्णाली प्रदेशकै जडीबुटी प्रशोधन केन्द्रसमेत भेरी नगरपालिकामा बन्दै गरेको छ । मालिकामा भ्युटावर बनाउन थालिएको छ । मध्यपहाडी  लोकमार्ग, लुम्विनी-रारा, छिन्चु-जाजरकोट हुँदै डोल्पा सडकखण्डसमेत निर्माण हुँदैछ । केही दीर्घकालीन विकास र केही तत्काल देखिने खालका काममा रहेको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

    विकासका केही मोडल पुराना बनोट भए पनि नयाँ काम सकारात्मक दिशातिर बढेको प्रदेश सभा सदस्य गणेसप्रसाद सिंहले बताए । प्रदेशबाट कुनै पनि वडा नछुटाई विकास निर्माणको काम भएको उनकाे भनाइ छ । फार्मेसी पढाइले जिल्लामै स्वास्थ्य जनशक्ति उत्पादन भइरहेकोसमेत सिंहले बताए । भेरीमा ७० प्रतिशत घरमा विद्युतीकरण पुगेको नेपाल विद्युत प्राविकरणले जनाएको छ । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…