• आज १७जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

    जापानको विनाशकारी भूकम्प

    सन् १९९५ को १७ जनवरीमा जापानमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले जापानको कोबी सहर प्रभावित भएको थियो । ६ दशमलव ९ म्याग्निच्युडको सो भूकम्पका कारण ६ हजार ४३४ जनाको मृत्यु भएको थियो भने सयौं घाईते भएका थिए । भूकम्पले दुई सय अर्ब डलर क्षति पुगेको थियो ।

     

    सुरक्षा परिषद्को पहिलो बैठक

    सन् १९४६ मा राष्ट्रसंघको सुरक्षा परिषद्को पहिलो बैठक बसेको थियो । सुरक्षा परिषद् राष्ट्रसंघको महत्वपूर्ण निकाय हो । परिषद्ले अन्तर्राष्ट्रिय सुरक्षा र शान्ति कायम गर्छ ।

     

    डेनमार्कसँग अमेरिकाले किनेका तीन टापु

    सन् १९१७ मा अमेरिकाले डेनमार्कबाट तीन ओटा अलग अलग भूमि किनेको थियो । अमेरिकाले किनेका तीन ओटा भर्जिन टापुहरुमा सेन्ट थोमस, सेन्ट जोन र सेन्ट क्रोइक्स हुन् । यी सबै टापु अमेरिकाले दुई करोड ५० लाख डलरमा किनेको थियो ।  

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …