• पुस, ५ अछाम

    अछाममा थप सात हजार ४०७ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयको साउनदेखि पुस मसान्तसम्म गरिएको नामावली संकलन कार्यक्रम अन्तर्गत उक्त संख्यामा मतदाता थपिएका हुन् ।  अब पुस मसान्तसम्म जिल्लामा नयाँ र पुराना गरी एक लाख ५७ हजार १७ पुगेको छ । जसमा महिला ८० हजार ६८५ र पुरुष ७६ हजार ३३० रहेका छन् । यसअघि अछाममा एक लाख ४९ हजार ६१० मतदाता रहेको थिए ।

    साउनदेखि पुस मसान्त नियमिततर्फ चार हजार ४६२ र विशेष कार्यक्रमतर्फ दुई हजार ९४५ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालमा ३६०, जिल्ला प्रशासन कार्यालयमा तीन हजार ६११ र ईलाका प्रशासन कार्यालय विनायकमा ४८२ जनाले नामावली दर्ता गराएका छन् ।

    यस्तै जिल्ला निर्वाचन कार्यालय, अछामले मंसिर दोस्रो साताबाट मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरेको थियो । निर्वाचन कार्यालय अछामले १७ - २६ मंसिरसम्म पाँचवटा पालिका र २८ मंसिरदेखि ८ पुससम्म चारवटा पालिका गरी जम्मा नाै वटा पालिकाहरूमा दुई चरणमा टोलीमार्फत नामावली संकलन गरिएको थियो । मंगलसैन नगरपालिकामा भने जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन गरिएको थियो । विशेष कार्यक्रमतर्फ पन्चदेवल विनायक नगरपालिकामा ९८७ र सबैभन्दा कम तुर्माखाँद गाउँपालिकामा ११६ मतदाता थपिएका हुन् । 

    साँफेबगर नगरपालिकामा ४१२, रामारोशन गाउँपालिमा ३०४, चौरपाटी गाउँपालिकामा २४१, मेल्लेख गाउँपालिकामा २२८ र बान्नीगढी जयगढ गाउँपालिकमा २५३ मतदाता थपिएका हुन् ।

    यस्तै कमलजबार  नगरपालिकामा २४९ र ढकारी गाउँपालिकामा १५५ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ । 
     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…