• ओखलढुंगा, ६ माघ

    नेकपा (एकीकृत समाजवादी) ले जिल्लाका आठ स्थानीय तहलाई तीन क्लष्टरमा विभाजन गरेर संगठन विस्तारकाे अभियान सुरु गरेकाे छ ।

    आठमध्ये खिजीदेम्वा, लिखु र चम्पादेवी एक क्लष्टर, सुनकाेसी, मानेभञ्ज्याङ र माेलुङ दुई क्ल्ष्टर र चिशंखुगढी र सिद्धिचरण नगरपालिका तीन क्लष्टरमा बाँडेर नेताहरूकाे जिम्मेवारी ताेकिएकाे जिल्ला अध्यक्ष हशंराज वाग्लेले बताए । 

    सचिवालय बैठकबाट अभियान सञ्चालनकाे रणनीति तयार गरिएकाे साे पार्टीले जनाएकाे छ । तीन क्लष्टरमा जिल्लाका पदाधिकारीहरूकाे अगुवाइमा सचिवालय सदस्य र जिल्ला सदस्यहरूकाे जिम्मेवारी ताेकिएकाे छ । माघभरिमा अधिकांश वडाहरूकाे कमिटी निर्माण गरिसक्ने लक्ष्य राखिएकाे उपसचिव कमल खड्काले बताए । 

    यसअघि पहिलाे चरणकाे अभियानमा केही पालिका र वडाहरूकाे कमिटी गठन भइसकेकाे छ । संगठन  विस्तारका लागि कार्यकर्ता तहमा माग भए पनि नेताहरू पुग्न नसकेकाे गुनासाेलाई ध्यानमा राखेर जिल्ला अध्यक्ष वाग्ले, केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्र भट्टराई र केन्द्रीय सदस्य निर्मला श्रेष्ठकाे टाेली आवश्यकता र मागका आधारमा वडा तहमा पुग्ने गरी जिम्मेवारी ताेकिएकाे छ । 

    एकीकृत समाजवादीकाे पूर्ण बैठक फागुनमा बाेलाइएकाे जिल्ला इञ्चार्ज भट्टराईले जनाए । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…