• सिमकोट, ९ माघ

    हुम्ला जिल्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिका वडा नम्बर १ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ ।

    सर्केगाड गाउँपालिका वडा नम्बर १ तुम्चमा करीब तीन महिना अघिदेखि स्थापना भएको प्रहरी पोष्टले नागरिकलाई सहज बनाएको स्थानीय कालि बहादुर मल्लले बताए ।

    छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुँदा उक्त क्षेत्रमा प्रहरीको माग रहेपछि सो अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए । 

    सर्केगाड गाउपालिका तुम्चका स्थानीय नागरिकको धेरै वर्ष अघिदेखिको माग अनुसार अहिले अस्थायी प्रहरी पोष्ट स्थापना भएको प्रहरी नायव उपरीक्षक शर्माले बताए । 

    यस क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना भएदेखि उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सहज भएको उनले बताए । हाललाई भाडाको घरमा प्रहरी पोष्ट सञ्चालनमा आएको छ । पोष्टको एक वर्षको घरभाडा गाउँपालिकाले व्यहोर्ने जनाइएको छ ।

    पोस्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा दश जना प्रहरी कार्यरत रहेका छन् । 

    यसअघि उक्त स्थानमा बेलाबेलामा प्रहरी गस्तीमा जाने गरेको थियो । गस्तीमा जान चारदेखि एक दिन पैदल लाग्ने गर्छ । प्रहरी नायब उपरीक्षक शर्माले अब प्रहरी पोष्ट स्थापना भएपछि जनता र सुरक्षाकर्मी दुवैलाई सहज हुने बताए । उक्त अस्थायी प्रहरी पोष्टले हाल सर्केगाड र अदानचुली गाउँपालिकालाई केन्द्रित गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…