• अछाम, १० माघ

    अछामका स्थानीय तह संस्थागत क्षमता स्वःमूल्यांकनसम्बन्धी नतिजा सार्वजनिक भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को स्वःमुल्यांकन नजिता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हाे ।

    आर्थिक बर्ष ०७७/०७८ मा सम्पादन क्रियाकलापहर"को कार्यप्रक्रिया र उपलब्धिहरूको लेखाजोखा गरी स्वःमुल्यांकन नतिजा सार्वजनिक गरिएको हो । स्थानीय तह संस्थागत क्षमता स्वःमूल्यांकनमा मंगलसेन नगरपालिका पहिलो भएको छ । मंगलसेन नगरपालिका ६७ दशमलव ७५ प्रतिशत अंक ल्याएर जिल्लामा पहिलो बनेको छ ।

    वान्नीगढी जयगढ गाउँपालिकाले जिल्लाका दश वटा स्थानीय तहमा सबैभन्दा कम अंक प्राप्त गरेको छ । वान्नीगढी जयगढको कार्यसम्पादनमा ३६ दशमलव २५ प्रतिशत रहेको छ । तुर्माखाँद गाउँपालिका ६६ दशमलव ५ प्रतिशत ल्याएर दोस्रो बनेको छ । मेल्लेख गाउँपालिका ६३ दशमलव ६५ प्रतिशत ल्याएर कार्यसम्पदानमा तेस्रो बनेको छ । यस्तै, चौरपाटी गाउँपालिका ६५ प्रतिशत ल्याएको छ । साँफेबगर नगरपालिकाले ५६ दशमलव ५ प्रतिशत, ढकारी गाउँपालिकाले ५६ प्रतिशत, कमलबजार नगरपालिकाले ५२ दशमलव २५ प्रतिशत, पन्चदेवल विनायक नगरपालिकाले ५२ प्रतिशत र रामारोशन गाउँपालिकाले ४० प्रतिशत अंक प्राप्त गरेको छ । यद्यपि, रामारोशन गाउँपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा अपडेट भएको छैन ।

    कार्यपालिकाको बैठक बसेर एक वा दुई दिनमा अपडेट गर्ने रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिए । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० वटा विषय क्षेत्र र सूचकहरू निर्धारण गरेको छ । स्थानीय तहको संस्थागत क्षमता स्वःमूल्यांकनको लागि शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं वार्षिक व्यवस्थापन विषय क्षेत्र र सूचक निर्धारण गरेको छ ।

    यस्तै, सार्वजनिक सेवा प्रवाह, न्यायीक कार्य सम्पदान, भौतिक पूर्वाधार, वतावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गर्नुपर्ने स्थानीय सरकार संचालन ऐनमा उल्लेख गरिएको छ । गाउँपालिका र नगरपालिकाको बिचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वःमूल्यांकन गर्दै आएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …