• बाजुरा, ११ माघ

    बाजुरा सदरमुकाम मार्तडीमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । नागरिक समाजले गरेको आन्दोलन र कार्यालयमा तालबन्दीपछि सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो ।

    दैनिक ६ देखि १० घण्टा लोडसेडिङ खेप्दै आएका सदरमुकामबासी राष्ट्रिय प्रसारण लाइन जडान भएपछि खुसी भएका छन् । मार्तडी बजारसहित आसपासका क्षेत्र समेत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपाल विद्युत प्राधिकण वितरण केन्द्र बाजुराका प्रमुख ललितकुमार मण्डलले बताए । ७ माघदेखि जडान सुरु गरिएको लाइन १० माघ साँझबाट नियमित विद्युत दिन थालेको मण्डलले बताए । 

    २०४६ सालमा स्थापना भएको बाजुरा साना जलविद्युत केन्द्र २०६६ सालबाट त्रिवेणी सहकारीले २० वर्षका लागि लिज सम्झौता गरेर संचालन गर्दै आएको थियो । दुई सय किलोवाट उत्पादन क्षमताको विद्युतले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिकजसो लोडसेडिङ गर्दै आएको थियो ।

    मण्डलका अनुसार मार्तडीलाई लक्षित गरेर सोमबारबाट पहिलो पटक ११ हजार भोल्टेजको लाइन जडान गरिएको छ । बाजुरामा सबस्टेशन नभएसम्म ११ हजार भोल्टेजको लाइनबाट सेवा दिने र सबस्टेशन निर्माणपछि ३३ केभीको लाइन दिन सकिने वितरण उनले जानकारी दिए । 
     

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …