• उदयपुर, १२ माघ

    उदयपुरको अधिकांश सरकारी तथा वित्तिय संस्थाहरुमा सेवा लिन जाँदा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड लिएर मात्रै प्रवेश पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले गत आइतबारदेखि खोप कार्ड र माक्स अनिवार्य गरेको छ । खोप कार्ड नहुने र मास्क नलगाउने सेवाग्राहीलाई मूल ग्रेटबाट नै फकाईने गरेको छ ।

    त्यसैगरी अन्य सरकारी कार्यालय तथा नेपाल ईन्भेष्टमेण्ट बैंक गाईघाट शाखा, राष्ट्रिय वाणिज्य बैंक गाईघाट शाखा लगायतमा खोप कार्ड र मास्क अनिवार्य गरेको हो । खोप कार्ड र मास्क नलगाइ गएका सेवाग्राहीले सेवा लिन पाउँदैनन् । अधिकांश सरकारी कार्यालयहरूले सो निणर्य गरेको जनाएका छन्  । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले कोभिड १९ विरुद्धको खोप कार्ड अनिवार्य लिएर आएको सेवाग्राहीलाई मात्रै सेवा लिन कार्यालय प्रबेश गर्न सुरक्षाकर्मीले दिने गरेका हुन् ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …