• मोरङ । मोरङको पथरीशनिश्चरे–२ स्थित रेडस्टार माध्यामिक विद्यालयलाई अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भएको छ ।
    बृटिश काउन्सिलले शिक्षा जीवन उपभयोगि, विश्वब्यापिकरण हुनुपर्ने र कितावबाट मात्र नभएर परियोजना मूलक सिकाइ हुनुपर्ने मान्यता राखेर बार्षिक रुपमा विश्वको बिभिन्न विद्यालयहरुलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्रदान गर्दछ । 
    काउन्सिलले नेपाल सरकार शिक्षा मन्त्रालय र शिक्षा विभागसमेतको सहभागिता अवार्ड प्रदान गर्दछ । यो बर्ष मोरङको पथरीशनिश्चरेको रेडस्टार बोर्डिङ स्कुलले आईएसए (इन्टरनेशनल स्कुल अवार्ड¬) प्राप्त गरेको हो । 

    सन २०२१ को अवार्ड काउन्सिलले मंगलबार (पुस ११) गते घोषणा गरेको हो । पथरीको रेडस्टार बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको बिषयमा बिहिबार पत्रकार भेटघाटको आयोजना गरी खुसियाली साटेको हो । 
    इन्टरनेशनल स्कुल अवार्ड (आईएसए) पुरस्कार शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका ट्रेडमार्क जस्तो हो । बृटिश काउन्सिलले बर्षेनी अवार्डको प्रकृयाको लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आव्हान गर्दछ । परेको आवेदन मध्ये विद्यालय नाम सर्टलिष्टमा निकाल्छ । त्यसपछि काउन्सिलको निगरानीमा आफूले प्रस्ताव गरेको परियोजनाहरु पठाउनु वा दिनुपर्ने हुन्छ । 
    रेडस्टारले जैविक विविधताबारे ‘नेपालको चारकोषे झाडीलाई नजिकबाट नियाल्दा’, महिला शसक्तिकरण, फरक क्षमता भएको मानिस (अपाङ्गता), तरल मेशिनको जीवन हो, किरात राई समुदायको साकेला नृत्य, प्लाष्टिकको समान प्रयोगको प्रभाव र यसको बिकल्प, मन्टेश्वरी शिक्षाको व्यबस्थापन र कोरियन भाषा गरी आठ वटा बिषयमा परियोजना पेस गरेको विद्यालयको प्रबन्ध निर्देशक तथा प्रधानाध्यापक टेकनाथ तिम्सिनाले बताए । 
    बृटिश काउन्सिलको प्रत्यक्ष निगरानीमा बिषय अनुसार निजी तथा सरकारी विद्यालय, समाजिक संघ, संस्था, जनप्रतिनिधि, बिषय विज्ञहरु, स्थानीय समुदाय लगायतसँग अन्तरक्रिया, छलफलको साथ प्रोजेक्ट वर्क गर्नुपर्ने तिम्सिनाले बताए । 

    रेडस्टारले पथरीशनिश्चरेकै बुद्ध मावि, भारत, पाकिस्तान र बेलायतका विद्यालयहरुसँग सहकार्य गरेको शिक्षक तथा सञ्चालक राजु तिम्सिनाले बताए । यसरी सहकार्य गर्दा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई परियोजनासँग सम्बन्धित बिषय ब्रिफिङ हुने गर्दछ । जसले विश्वको बिभिन्न मुलुकमा रहेका विद्यार्थीहरुवीच कनेक्टिङ क्लासरुमको माध्यमबाट शिक्षा आदान प्रदानहुने राजु तिम्सिनाले बताए । परियोजनाको क्रममा भारत केरलामा केराको पातबाट प्रयोग गर्न मिल्ने सामाग्री बन्ने गरेको विद्यार्थी र आफूहरुलाई जानकारी भएको तिम्सिनाले अनुभव सुनाए । आफूहरुले चारकोषे झाडीमा पाइने विरुवा, वन्यजन्तु, प्लाष्टिकको सामाग्री विस्थापित गरेर सालको पातको दुनाटपरी प्रयोग गर्न सकिने, किरात राई समुदायको साकेला नृत्यको बारेमा त्यहाँको शिक्षक र विद्यार्थीहरुलाई शेयरिङ गरेको बताए । 
    बृटिश काउन्सिलले सहज परिस्थितिहुँदा भौतिक रुपमै शिक्षा, आदान प्रदानको वातारण गराउने भएपनि कोभिडको कारण भर्चुअल र वृस्तित डाटाहरु मार्फत परियोजना सम्पन्न गरेको प्रधानाध्यापक टेकनाथ तिम्सिनाले बताए । 
    रेडस्टार स्कुल सञ्चालक समिति सदस्य बिजय डाँडीले आईएसए प्राप्तहुँदा विद्यालयलाई मात्र नभएर पथरीशनिश्चरे नगरकै खुसी र इन्जत बढेको बताए । सन २०२१ मा देशभरको पाँच सय भन्दा बढी विद्यालयले दिएको अवेदनबाट ५३ को लिष्टमा रेडस्टार छानिएर परियोजना अघि बढाएको थियो । कार्यक्रममा सहायक प्रधानाध्यापक बसन्त लिम्बू लगायतको उपस्थिति रहेको थियो । 
    रेडस्टार बोर्डिङ स्कुलमा व्यवस्थापन संकायमा कक्षा १२ सम्म पढाई हुँदै आएको विद्यालयमा १२ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन । आईएसए अवार्डले रेडस्टार स्कुलमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अध्यापनहुने प्रमाणित भएको प्रधानाध्यापक टेकनाथ तिम्सिनाको भनाइ छ । रेडस्टार शैक्षिक क्रियाकलाप र खेलकुद क्षेत्रमासमेत उत्कृष्टता हाँसिल गर्दै आएको छ । 


     

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…