• जुम्ला, १४ माघ

    जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम ल्याएपछि आफ्नो भत्ता दाबी गर्न २ सय ६५ किसानले निवेदन दिएका हुन् । 

    निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्? कृषक हो की होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएको पशुअस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका योजना प्रमुख धनबहादुर महतले बताए । उनले भने, 'स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि  मात्र स्वीकृत दिने र कार्यक्रम सञ्चालन गरिने छ ।' महतले आगामी महिनादेखि कार्यक्रम सुरु हुन सक्ने बताए  ।

    भेडा पालक किसानलाई  प्रोत्साहन गर्नका लागि‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको पशुअस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले बताए । उनले ५० देखिमाथि  भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार भत्ता दिने गरिएको छ । 

    उनले भने, 'जुम्लाका १ सय ५० जना भेडा पालकलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि छ । कार्यविधिअनुसार ५० देखि एक सय भेडा पाल्ने किसानलाई मासिक १ हजार पाँच सयका दरले गोठालो भत्ता दिइने छ । 

    रकम सम्बन्धित किसानको बैंक खातामा नै जम्मा गरिने योजना शाखाका प्रमुख महतले बताए । उनले भने, 'कर्णाली प्रदेश सरकारले किसानलाई भेडा पालनतर्फ उत्साहित बनाउनका लागि गोठालो भत्ता उपलब्ध गराइएको हो । कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ ।’ पशुअस्पताल तथा पशुसेवा कार्यालयमा २ सय ८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन् ।

    जुम्लाका १ सय ५० जना भेडा पालक किसानलाई गोठालो भत्ता दिने रकम आएको उनले बताए । उनले भने, 'जुम्ला जिल्ला भेडा पालक किसान धेरै छन् । कर्मचारी स्थलगत रूपमा फिल्डमा गएका छन् । उनीहरूको रिपोर्ट र मुल्यांकनको आधारमा गोठालो भत्ता दिइने छ ।'

    कर्णाली सरकारले गोठालो भत्ता तथा यसअन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …