• भैरहवा, १६ माघ 
    भैरहवा बहुमुखी क्याम्पसले वर्षभरिको शुल्क एकमुष्ट लिने गरी निर्णय गरेपछि विद्यार्थी संघसंगठन आन्दोलित बनेका छन् ।

     क्याम्पसको कार्यसमितिको बैठकबाट कोभिड महामारीको बेलामा पनि क्याम्पस प्रमुख लगायत विभिन्न पदमा रहेकाको भत्ता बढाइएको, शैक्षिक वर्ष २०७८ मा नयाँ भर्ना हुने विद्यार्थीसँग एकमुष्ट रकम लिने निर्णय गरेको र क्याम्पस प्रमुख लगायत केही व्यक्तिको प्रयोगको निम्ति सवारीसाधन (कार) किन्ने खबर सार्वजनिक भएकाले आन्दोलनमा उत्रिनु परेकाे अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेले बताए ।

    संयुक्त विद्यार्थी संगठनले विभिन्न पाँच बुँदे माग राख्द क्याम्पस प्रमुख अनिलकुमार झालाई  ज्ञापनपत्र बुझाएका छन् । विगत सात वर्षका निर्णय र सात वर्षदेखिको आयव्ययको विवरण उपलब्ध गराउन समेत माग गरिएकाे छ । 

    एलएलबी. संकाय क्याम्पसमा ल्याउन पहल गर्नुपर्ने,  क्याम्पसको बाँकी भवन निर्माणका लागि टेण्डर आह्वान गर्नुपर्ने संयुक्त विद्यार्थी संगठनको माग छ ।

    आन्दोलनमा नेकपा (एमाले) निकट अनेरास्ववियु, राप्रपा निकट विद्यार्थी संगठन, जनमत पार्टी निकट विद्यार्थी जनमत संघ छन् ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…