• लण्डन, १६ माघ

    आगामी १२ फेब्रुवरीमा हुन गइरहेको बक्सिङ प्रतिस्पर्धामा पूर्वडब्ल्यूबीसीका च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका छन् । बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्युबीसी च्याम्पिनयनशिप २०१९ का विजेता हुन् ।

    'जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र विगतमा उनले लास भेगस,अमेरिका तथा ओ टु एरिना, लण्डनकाबक्सिंग गेमहरुमा एनआरएनए यूके र गोर्खाको ब्याज लगाएर खेलेका थिए,' राइडरका पूर्वप्रशिक्षक तथा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले भने ।

    ३३ वर्षीय ब्रिटिस बक्सिङ खेलाडी जोन राइडरले उच्चस्तरीय ३५ प्रतिस्पर्धामा भाग लिएका छन्। उनी विश्व बक्सिङ च्याम्पियनमा नम्बर १ च्याम्पियन को रुपमा पनि परिचित छ्न् ।

    लण्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा राइडर र बक्सिङमा अर्का चमत्कार ज्याकोबबीच घमासान मुक्केबाजी हुनेछ । त्यसका लागि टिकट ताेकिएकाे छ । 

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…