• २०७४ फाल्गुन १६

    काठमाडौं । भूकम्पले ढालेको धरहराको पुनर्निर्माण सुरु भएकै छैन  तर अब धरहरा  छेउमै जग्गा मापदण्डविपरीत व्यपारिक भवन निर्माण सुरु भएको छ ।

    गुठी संस्थानले ५ वर्षका लागि आफ्नो जग्गा भाडामा दिएपछि त्यसैमा नयाँ ब्यापारिक भवन बनाउन लागिएको छ । काठमाडौं महानगरपालिकाले सो भवन बनाउन स्वीकृति पनि दिएको छ ।

    ऐतिहासिक धरहरा निर्माण हुनुपर्नेमा यसकै मापदण्ड क्षेत्रभित्र धमाधम व्यापारिक भवन उठाउन जग खनिएपछि स्थानीयले त्यसको विरोध सुरु गरेका छन् ।

    यसमा महानगरपालिका र गुठी संस्थानले आर्थिक चलखेल गरेको आरोप उनीहरुको छ ।

    धरहराको कम्पाउण्डसँगै सडकको मापदण्डलाई समेत मिचेर भवनको जग खनिएको छ ।

    रातारात राष्ट्रिय सम्पदा नै नास्ने गरी धरहराको मापदण्ड क्षेत्रभित्र भवन बन्न लागेको काठमाडौं महानगरपालिकका ११ नम्बर वडाका अध्यक्ष हिरालला तण्डुकारले जानकारी दिए ।

    यो संरचना निर्माण कार्य तत्काल रोकेर धरहराको निर्माण अगाडि बढाइनुपर्ने भन्दै अहिले स्थानीय आन्दोलित भएका छन् ।

    धरहरा बचाउ अभियान संघर्ष समिति नै बनाएर स्थानीयहरु आन्दोलित भएका हुन् ।

    उनीहरुले पुरातत्व विभागका महानिर्देशकसहित पदाधिकारीहरुलाई भेटेर उक्त निर्माण संरचनाबारे अवगत गराउँदै ध्यानाकर्षण गराइसकेका छन् ।

    पुरातत्व विभागले सो भवनले पुरतात्विक मापदण्डको क्षेत्रभित्र पर्छ कि पर्दैन भन्नेबारे अध्ययन गर्न शुक्रबार विशेषज्ञ टोली पठाउँदैछ ।

    वडाध्यक्ष शाक्य खुला क्षेत्रका रुपमा राख्नुपर्ने गुठीको जग्गामा ब्यापारिक भवन बनाउन नहुने पक्षमा छन् । उनी महानगरपालिकाले पनि भवन निर्माणको लागि लागि स्वीकृति दिएर गल्ती गरेको बताउँछन् ।

    ‘ठूलौ आर्थिक चलखेल भएको देखिन्छ । मैले गुठी संस्थानका हाकिमसा’बसँग पनि कुरा गरेँ । त्यहाँ सानो भवन बनाएर पार्किङस्थल राख्ने योजना रहेको बुझेको छु,’ उनले भने ।

    पुरातत्व विभागले धरहराको आसपासमा रहेको गुठी संस्थानको जग्गामा पार्किङ गरी गुठीले आम्दानी गर्न सक्ने बताएपनि भौतिक संरचना बनाउन दिएको थिएन ।

    अहिले त्यसैका आधारमा स्थानीयलाई गुमराहमा राख्दै राष्ट्रिय धरोहर मास्ने खेल भइरहेको स्थानीयको आरोप छ ।

    ‘मेरो धरहरा मै बनाउँछु भन्नेहरुले खोई चासो दिएका ? धरहरा बनाउन शुरु गर्नुपर्ने ठाउँमा मापदण्डविपरित भवन बनाउन दिएर महानगरपालिकाले गल्ती गरिरहेको छ !

    संघर्ष समितिका वेदप्रकाश गौतमले भने अब धरहरा बन्दा खुला स्थान राखेर बनाईनुपर्छ ।

    यो राष्ट्रको धरोहरलाई नमूना पर्यटकीय स्थल बनाईनुपर्छ, कम्पाउण्डभित्र व्यापारिक भवन बनाउने होइन ।

    अन्य स्थानमा सडक छेउका करोडौं भवन भत्काउने सरकार के हेरेर बसेको छ ।

    गुठीको जग्गा भन्दैमा सडक मिचेरै संरचना बनाउन पाइदैनँ’ आक्रोशित अर्का स्थानीयले भने  विना सूचना अरुको घर अगाडि खाल्डो खन्न पाइँदैन ।

    स्थानीयले धरहरा अगाडि फागुन ३ गते जस्ता बारेपछि मात्र व्यापरिक भवन बन्न लागेको थाहा पाएको बताए ।

    त्यसको सात दिनपछि डोजर ल्याएर खाल्डो खनेको र रातिको समय पारेर निर्माण कार्य अगाडि बढाउन लागिएको उनीहरुले बताएका छन् ।

    स्थानीय सुशिल विक्रम थापाले भने, ‘विभिन्न विवादकाबीच यो जग्गा गुठीको नाममा आएको भन्ने बुझेको छु ।

    तर नगरपालिकाले संरचना निर्माणमा कसरी स्विकृति दियो, अचम्ममा छौं ।

    भू-माफियासँगको चलखेलका कारण उक्त निर्माण कार्य भइरहेको भन्दै आक्रोशित स्थानीयहरुले व्यापारिक भवन निर्माण नरोकिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    पहिले भिमसेन स्तम्भको नामले प्रचलित धरहरा १९९० को भूकम्पले भत्काएपछि १२ तलाबाट धरहरा ९ तल्लामा सीमित गरिएको थियो ।

    दोस्रोपटक निर्माण भएको धरहरा २०७२ वैशाख १२ को भूकम्पले भत्काएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…