• जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी तथा मातहत समेतबाट २०७८ माघ १ गते देखि हालसम्म १३ लाख ८३ हजार ६ सय मुल्य बराबरको राजश्व दाखिला गरेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । 

    यस अवधिमा २ लाख ५८ हजार १ सय ३० मुल्य बराबरकाे भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेकाे सुट,साडी लगायतका विभिन्न कपडा,१५०० केजी चिनी,२० क्यारेत सेताे अण्डा,२४ प्याकेट घाँसकाे बीउ,४०० सय थान माेबाईल कभर  लगायत विभिन्न मालसामान बरामद गरि आवश्यक कार्वाहीकाे लागि महेशपुर भन्सार कार्यालय बुझाईएकाे सुचना अधिकारी शाहीले बताउनुभयो ।

    यसै अवधिमा सामुदायिक वनबाट अवैध रुपमा ल्याउदै गरेकाे 
    ४ लाख ५० हजार मुल्य बराबरको दाउरा सहित ६ वटा ट्राक्टर र ३ वटा बाेलेराे पिकअप गाडी बर्दघाट नगरपालिका वडा नं ४  टि.सि.एन चाेक बाट पक्राउ गरि कार्वाहीकाे लागि सयपत्री सामुदायिक वन कार्यालय बर्दघाटमा बुझाईएकाे र जिल्लाको सरावल गाउँपालिका वडा नं ७ भुजहवा स्थित शाही ट्रेडर्स कवाड संकलन स्थलबाट ६ लाख ७५ हजार ५ सय मुल्य बराबरको ९५८० केजी झ्याउ र २१८० केजी सुनाखरी नामक जडिबुटी बरामद गरिएको साथै बरामद जडिबुटी जिल्ला डिभिजन वन कार्यालय नवलपरासी बुझाईएकाे सुचना अधिकारी शाहीले जानकारी दिनुभएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…