• सप्तरी, १८ माघ

    राजविराज नगरपालिका वडा नं.७ मा संचालित छिन्नमस्ता साबुन उद्योगमा मंगलबार आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ।
    सप्तरी बोदेबरसाईन नगरपालिका ३ बस्ने सुनिल कुमार साह र सोही ठाउँ बस्ने प्रमोद कुमार साहले संयुक्त रूपमा  संचालन गर्दै आएको साबुन फैक्ट्रीमा विद्युतीय लाइन सर्ट भई आगलागि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन्।

    आगलागीबाट साबुन उद्योगमा रहेको १२ सय काटुन तयारी कपडा धुने साबुन र १ हजार बोरा तयारी सर्फ लगायत सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएपछि ५० लाख बराबरको क्षति भएको हो । 

     प्रहरी,स्थानिय सर्वसाधारण,तालिम केन्द्र राजविराज सप्तरीको दमकल, राजविराज नगरपालीको दमकलको संयुक्त पहलमा आगोलाई नियन्त्रणमा लिईएको थियो ।

    Avatar

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…