• इलाम १९ माघ
    सहयाेग सानाेठुलाे हुन्न दिनु र पाउनु नै ठुलाे कुराे हाे अहिलेकाे शताब्दीमा । हामी अहिले समाजिक संजाल युटुब, फेसबुक, टिकटक लगायत हरेककुराहरुमा व्यसत छाै याे व्यस्तताले हामीलाई कालान्तरमा हानि पुर्‍याउने त हाेइन ? एक पटक साेचाै । हुनता सामाजिक संजालले राम्रो र नराम्रो दुवैकाम गरेकाे छ । काेहि भाइरल, दुःखसुख साट्ने, मनाेरंजन त गरिवदु:खिकाे सहारा पनि बनेकाे छ । यस्तै टिकटकमा चिनजानकै अाधारमा साना नानीहरूकाे सहारा वा जीवनमा केहि परिवर्तन छाएकाे छ ।


    इलामकाे चुलाचुली-४ स्थित रहेकाे श्री बालज्याेती माध्यमिक विध्यालयमा अध्यानरत बाउअामा नभएका र गरिब परिवारका २१ जना नानीहरूलाई अमेरीकाबाट लुयर शर्माले पचास हजार बराबरकाे सहयाेग छ ।

    बाग्लुङ बेलुवा-८ का स्थायी बासिन्दा उनि जाडाेमा नकक्रिउ र पढ्न पाउनुपर्छ भन्ने भावना बाेकेका उनि अमेरीका रहदै अाएका शर्माले सहयाेग गरेकाे हाे ।
    शर्माकाे एक्लाैटी व्यक्तिगत खर्चबाट १ थान ज्याकेट, १ थान स्कुल युनिफर्म र १ दर्जन कापीकलम स्थानीय भाइरल टिकटकर अमृत राई (चाेर बुढा) र कुमार राइकाे ब्यवस्थापनमा वितरण भएकाे थियो । जाडाेमा कामिरहेकाे र कापीकलम पाएपछि नानीहरूकाे अनुहारमा हाँसाे छाएकाे थियाे । राेजगारकाे सिलसिलामा अमेरीका रहेका भाइले हाम्रो स्कुलका नानीहरूलाई सहयाेग गर्नु, नेपालमै पनि भाैगाेलिक हिसाबले टाँढा भएका तर मन भएपछि सहयोग गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण भनेका लुयरलाई विध्यालय व्यवस्थापन समितिका अध्यक्ष सेतुप्रसाद राइले धन्यवाद दिएका थिए ।

    यस्ताे कार्यक्रम व्यवस्थापन र सहयोग गर्न समन्वय गर्नुहुने अमृत र कुमारलाई धन्यवाद व्यक्तगरी, हाम्रो स्कुललाई राेजेर सहयाेग गर्ने लुयरलाई धन्यवाद संगै अागामि दिनहरूमा अन्य ठाउँहरुमा

    यस्तै परिवारका नानीहरूलाई पनि सहयाेग हाेस भन्ने विध्यालयका प्रध्यानध्याक पुष्पा पाैडेलकाे भनाई रहेको थियाे । 
    सामाग्री भने पालैपालो विध्यार्थीलाई स्कुलका अध्यक्ष, प्रध्यानध्याक, टिकटकर अमृत राई, युवा समाजसेवी कुमार राई र विध्यालयका शिक्षकबाट वितरण गरिएकाे थियाे ।

सम्वन्धित समाचार

मोरङ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय एकता पार्टी, नेपालवीच…

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा रहेको शैक्षिक गुठी भूपू सैनिक अंग्रेजी विद्यालयको छैठौं अधिवेशनबाट धनबह…

मोरङ । किरात याक्थुङ चुम्लुङको आठौ जल्ला अधिवेशनबाट डम्बर कुरुम्बाङको अध्यक्षतामा नयाँ समिति सर्वसहमत चयान …

मोरङ । अनियमितताको बिषय उठाउदा कार्यक्रम हलबाट जवरजस्ति बाहिर निकालिएका मोरङको पथरीशनिश्चरे नगरपालिका ४…