• मुगु, १९ माघ 
     
    मुगुको सोरु गाउँपालिका-४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीकी श्रीमती हाँसु शाहीको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । माघ १५ गते न्युज कारखानामा समाचार प्रकाशित भएपछि समाचारकै आधार मानेर एक व्यक्तिले हाँसुलाई आर्थिक सहयोग गरेका छन् ।

    कर्म थलो स्पेनमा गरेका मुगुका छायानाथ रारा नगरपालिका-१३ का समाजसेवी अक्कल बोहराले आर्थिक अवस्था न्यून भएका मान्ते शाहीकी श्रीमतीलाई उपचार खर्च गर्न नगद सात हजार रुपैयाँ सहयोग गरेका हुन् ।

    समाजसेवी बोहराले काठमाडौंको पाटन अस्पताल पुगेर उनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । 'मुगुबाट राजधानी आएर उपचारका लागि काठमाडौंमा आर्थिक अभावले हाँसु छटपटाइरहेको थाहा थिएन । न्युज कारखानाले लेखेको समाचार विभिन्न सञ्चार माध्यममा देखेपछि सोही बमोजिम सहयोग गरेको हुँ,' उनले भने । उनले आफूले सात हजर नजर सहयोग गरेको बताएका छन् ।

    उनले उपचारका लागि आफूले थप सहयोग गर्नेसमेत बताएका छन् । हाँसुको उपचारका लागि नेपाली कांग्रेस मुगुका वर्तमान पार्टी सभापति ऐनबहादुर शाही र निवर्तमान पार्टी सभापति खड्गबहादुर शाहीले भेटेर सहयोग गर्ने आश्वासन दिएका छन् ।

    ६७ वर्षीय उनकी हाँसु विगत पाँच वर्षदेखि दम रोगले थला परेकी थिइन् । उनको उपचारका लागि ऋण सापट र वृद्धभत्ता जम्मा गरेर ७१ मान्ते काठमाडौं आएका थिए ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …