• मुगु, १९ माघ 

    मुगुका अग्नि पीडितले यस वर्षकाे साेनाम ल्हाेसार त्रिपालमा मनाएका छन् । गत २९ कात्तिकमा  गमगढी बजारमा भएको आगलागीका पीडितले यस वर्ष त्रिपालमै जसाेतसाे सोनाम ल्होसार पर्व मनाएका छन् । 

    अग्नि पीडितले आफ्नो परपम्पराअनुसार  त्रिपालमै सोनाम ल्होसार मनाएका हुन । विगतका वर्षहरूमा विभिन्न प्रकारका मिठाई लगायत अन्य सामग्री बनाएर पाहुना बोलाएर सँगै खाने गरेका उनीहरूले यस वर्ष गतिलाे बास नहुँदा कसैले नबाेलाई मनाएकाे ठिल्ले लामाले बताए ।

    १५ दिनसम्म चल्ने सोनामा ल्होसारमा तामाङ समुदायले एक आपसका सद्धाव प्रेम  साटासाट गर्ने, आफन्त, छोरी ज्वाइँलगायतलाई बोलाएर मिठा परिकार खुवाउने  प्रचलन छ । 

    साविक कर्णालीका पाँच जिल्लाहरु जुम्ला डोल्पा,,हुम्ला ,कालीकोट र मुगुमा बसोबास गर्ने तामाङ समुदायले बुधबार सोनाम ल्होसार मनाएका छन् । 

    बौद्धधर्मालम्बीहरूको प्रमुख चाडका रुपमा मनाउने ल्होसारलाई नयाँ वर्षका रुपमा पिन मनाइने गरिएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…