• उदयपुर, २१ माघ

    पश्चिमी न्यूनचापीय प्रणाली (वेस्ट्रन्ली डिस्ट्रबेन्स) को शक्तिशाली प्रभावका कारण भारी वर्षासँगै उदयपुरको उत्तरी भेगमा दशकैपछि बाक्लो हिमपात भएको छ । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको पानीसँगै हिमपात भएको हो । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।

    उदयपुरको उच्च पहाडी क्षेत्रमा हिउँ परेपछि नजिकको तराई फाटदेखि पहाडी भेगमा चिसो बढेको हो । उदयपुरकै सबैभन्दा अग्लो स्थान रौतामाई गाउँपालिका-१ माझखर्क चित्रेथाम, दोबाटेमा बाक्लो हिमपात भई रहेको स्थानीयवासी सरोज थापा मगरले बताए । उनका अनुसार सामान्य हावाहुरीसँगै हिमपात एकै पटक परेपछि त्यहाँस्थित स्थानीय सर्वसाधरण घरबाट बाहिर निस्कन तथा आवतजावतमा समस्या भएको बताए ।

    समुन्द्र सतहदेखि २ हजार ३ सय १० मिटर उचाइमा रहेको चित्रेथानमा दशक यताकै सबैभन्दा बढी बाक्लो हिमपात भएको बताएका छन् । रौतामाई गाउँपालिका वडा नम्बर १ नामेटारको चित्रेथानमा हिउँ परेपछि हिउँ खेल्न विभिन्न स्थानबाट सर्वसाधारण आउने क्रम जारी रहेको मगरले बताए । 

    हिउँमा खेल्दै गरेको र हिमपात भइरहेको भिडियो र तस्बिरसमेत टिकटक र फेसबुकलगायतका सामाजिक सञ्जालमा राखेका छन् । चित्रेथान उदयपुरको एक मात्र हिउँ पर्ने ठाउँ हो । हिमपातले यहाँको जनजीवन प्रभावित तुल्याएको छ । मार्भखर्क, चित्रेथाम, दोबाटेमा हिमपात हुँदा चिसोका कारण जनजीवन कठ्याङ्ग्रिन थालेपछि अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान पालिकाले आग्रह गरेको छ । हिमपातले वृद्धवृद्धा र बालबालिकालाई तातोमा राख्न, पोसिला र ताता झोल कुरा खुवाउन तथा घरभित्रका कोठामा आगो ताप्दा झ्याल ढोका खोल्न समेत अनुरोध गरिएको छ ।

    समुद्री सतहबाट एक हजार सात सय मिटरभन्दा माथिका भागमा हिउँ परेपछि चौँरी गाई, भेंडाबाख्रा लगायत चौपायाको आहारामा सङ्कट परेको छ । हिमपातको असरले गाउँ-समाजमा कुनै समस्या आएमा तुरुन्तै प्रहरीलाई खबर गर्न भनिएको छ । वर्षासँगै भारी हिमपात चित्रे, माझखर्क, रौता, नामेटार लगायतका उच्च भूभागमा हिउँ परेको हो । 

    हिउँले चित्रे, माझखर्क, रौता, नामेटार लगायतका उच्च भूभागमा आसपासका क्षेत्र, बस्ती पुरै सेताम्मे बनेका छन् । भारी हिमपातका कारण उच्च क्षेत्रमा पर्ने नामेटार, चित्रेथार र रौताको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै परेको हिमपातको कारण बढेको अत्यधिक चिसोले स्थानीयलाई घर बाहिर निस्कन समस्या परेको नामेटारका स्थानीय बासिन्दा कृपासुर तामाङले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…