• जनकपुरधाम, २२ माघ 

    मधेश सरकारले प्रदेशका किसान समस्या पहिचान गरी समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ । शनिवार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो ।

    समितिमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकास शर्मा सदस्य छन् । 

    कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बिउबिजन तथा सिंचाई समस्या, बीमाको अवस्था, कृषि यान्त्रिकीकरणको अवस्था तथा कृषिसम्बन्धी आगामी रणनीति निर्माणसम्बन्धी  प्रतिवेदन तयार गर्न समितिलाई जिम्मेवारी दिएको छ । त्यसैगरी, कृषि सुधारको लागि गरेको गतिविधिको समीक्षा एवं अगामी योजना बारे नीति निर्माण गर्ने जिम्मेवारी समितिलाई  दिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताए । 

    अगामी १५ दिनभित्र अन्तरिम प्रतिवेदन तयार गरी मन्त्रीपरिषद्को बैठकमा पेश गर्न समय दिएको मन्त्री साहले बताए । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…