• मोरङ । किरात याक्थुङ चुम्लुङको आठौ जल्ला अधिवेशनबाट डम्बर कुरुम्बाङको अध्यक्षतामा नयाँ समिति सर्वसहमत चयान भएको छ । 
    मोरङको बेलबारी–३ स्थित चुम्लुङ धार्मिक वनमा शनिबार र आइतबार भएको अधिवेशनले उपाध्यक्षमा कुलबहादुर हाङ्श्रोङ, सचिबमा बरुण लाबुङ, सह–सचिवमा सन्तोष प्राङ्देन र कोषाध्यक्षमा अरुणा निङ्लेखु चयन भएका छन् । 
    सदस्यहरुमा ज्योति हाङ्श्रोङ, मुना चोङ्बाङ, चन्द्र बहादुर पालुङ्वा, तिलबहादुर निङ्लेखु, दिपेन्द्र खजुम, दिलबहादुर थेबे, रामबहादुर खुदाङ सर्वसहमत चयन भएको कियाचु निवर्तमान अध्यक्ष बिबेक लिम्बुले बताए । अधिबेशनले रास्ट्रीय चुम्लुङमा फिपराज बेघा, टेकबहादुर पन्धाक र गणेश पन्धाकलाई निर्वाचित गरेको छ । नव निर्वाचित समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी नाम सार्वजनिक गरेको हो । 

    ‘याक्थुङबाहरुको सन्देश, अरुण पूर्व लिम्बुवान प्रदेश’ भन्ने नाराको साथ शनिबार भएको उद्घाटन कार्यक्रममा १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री इन्द्रबहादुर आङबोको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला, प्रदेश समितिका अध्यक्ष धु्रब मेन्याङबो, नेपाल आदिबासी जनजाति महासंघका मोरङ जिल्ला अध्यक्ष दिलबहादुर थेबेलगायतले शुभकामना दिएका थिए ।  

    अधिवेशन आयोजक समितिको अध्यक्ष विवेक योङहाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हाक्पारे, ख्याली, येवालाङ, केःलाङ लगायतको सांस्कृतिक झाँकी प्रस्तुत भएको थियो । बन्दसत्रमा प्रस्तुत जिल्लाको प्रगति प्रतिवेदन, भावी कार्ययोजना र आर्थिक प्रतिबेदन संशोधनसहित पास भएको अध्यक्ष योङहाङले बताए । अधिवेशनको बन्दसत्रमा पाँच गाउपालिका, ६ नगर शाखा समितिका प्रतिनिधि तथा पर्यवेक्षक गरी ७० भन्दा बढीको सहभागिता रहेको थियो । 
     

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …