• काठमाडाैं, २४ माघ

    २४, माघ २०७८ सोमबार । तदनुसार ७ फेब्रुअरी २०२२ । माघशुक्लपक्ष षष्ठी पर सप्तमी, गर करण, अश्विनी नक्षत्र, शुभ योग चन्द्रमा मेष राशिमा रहेको छ ।

    आज बिहान सूर्योदय ६ः४७ मा भएकाे छ भने सूर्यास्त ५ बजेर ४८ मिनेटमा हुनेछ । आज बिहान ८ः११ देखि ९ः३३ सम्म राहुकाल रहेको छ । राहुकाल भएको समयमा शुभकार्य गरिँदैन ।

    त्यसो त ११ः५७ देखि १२ः४१ सम्मको समय शुभ रहेको छ ।  आजको देवता लक्ष्मी र ग्रहदेव सूर्य रहेको छ । सोमबारको दिन देवादिदेव महादेवको प्रिय बार हो । जल अभिषेकबाट खुसीहुने देवादिदेवको सम्झना मात्रले मन पवित्र हुन्छ ।

    आजको राशिफल 

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  मेष राशिका जातकका लागि आजको दिन अर्थलाभ योग रहेको छ । बिहान सूर्योदयको दर्शन गरेर दिनको कार्य सुरु गर्नुहोला । व्यापारयबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख प्राप्त हुनेछ । नयाँ कार्ययोजना बनाउनुभयो भने सफल हुनुहुनेछ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :वृष राशिका जातकका लागि व्यापारबाट लाभ हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईंलाई शत्रुले समेत सम्मान गर्नेछन् । आयभन्दा व्ययबढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईंका लागि शुभ हुनेछ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको समय र दिन अनुकुल छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । व्यापारमा तपाईंले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । पारिवारिक सद्‍भाव कायम रहनेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईंको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाईंका लागि हानि हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ त्यसैले यात्रा गर्नुभन्दा पहिले विचार गर्नुहोला ।  

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली  साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । सिंह राशिका पुरुष जातकका लागि स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ । 

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन शुभ छ । तपाईंले सोचे अनुसारको काम हुनेछ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नेछ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाले आजको दिन कसैसँग विवाद नगर्नु नै बेस हुनेछ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन सुरु गरेको काम सफल हुनेछ । ब्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने सम्भावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्म यात्राले तपाईंलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानीभन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राका लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईँको भलो हुनेछ । त्यसैले आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । कसैसँग विवाद हुने काम नगर्नुहोला ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन बिहान कुमारी कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईंले विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ । आर्थिक बृद्धि हुने सम्भावना  छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । कारोबार गर्दा एक पटक सोच्नुहोला ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । तपाईंले प्राप्त गरेको धनलाई केही मात्रामा भए पनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ ।  

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिका जातकले आजको दिन सोचेको काममा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा तपाईंलाई फाइदा हुनसक्छ । कसैको अहित हुने काम र कसैलाई हानी पुग्ने काम नगर्नु नैं बेस हुनेछ । साँझको समयमा शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…