• जुम्ला, २५ माघ 

    नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टीलाई बलियो बनाउनतर्फ केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेकी छन् । आगामी  चुनाव नजिकिँदै गर्दा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने उनको धारणा छ ।

    उनले पार्टीभित्रको गुटउपगुट अन्त्य गरी अगाडी बढ्न पार्टी नेतृत्वकर्तालाई  निर्देशन दिएकी छन् । आगामी निर्वाचन जित्नका लागि पनि यहाँका नेता तथा कार्यकर्ता सक्रियता पूर्वक लाग्न आवश्यक रहेको उनको धारणा छ ।

    प्रेस सेन्टर जुम्लाले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रदेश अध्यक्ष केसीले पार्टीलाई  सफल पार्न नकारेर लाग्न नेतृत्वलाई सचेत गराएको बताइन् । उनले भनिन्, 'प्रेस सेन्टरले राम्रा कामको प्रचार र कमजोरीमा खबरदारि गरोस् । हामीले सधैँ यही अपेक्षा गर्ने छौं ।'

    पछिल्लो समयमा नेकपा माओवादी केन्द्र जुम्ला बासीको रोजाइ बन्न थालेकाले देश र जनताको हित अनुकूल माओवादी केन्द्रले काम गर्न अनुरोध गरिन् । 

    'माओवादी  गरिब, सर्वहारा वर्गको पार्टी हो । यो पार्टीले कहिले पनि सम्भ्रान्त वर्गको हितमा बोलेको छैन', अध्यक्ष केसीले भनिन्,‘त्यसैले माओवादी केन्द्रप्रति गाउँदेखि सहरसम्मको साथ र सहयोग मिलेको छ ।'

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…