तेह्रथुम, २५ माघ
प्रेस चौतारी नेपाल तेह्रथुम सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले उमेश नेपालीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा तुलसीराम धमला, साबित्रा घोर्साने, सचिवमा विनोद भट्टराई, उपसचिवमा विकास गुरुङ र रञ्जना घतानी रहेका छन् । त्यस्तै कोषाध्यक्षमा भीम भट्टराईलाई सर्वसम्मत चयन गरेको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण बिदुखी गौतमले जानकारी दिए ।
अधिवेशन १३ सदस्य कमिटी चयन गर्दै जिल्ला सदरमुकाम म्याङ्लुङमा सम्पन्न भएको हो ।