• जुम्ला, २८ माघ 

    तातोपानी गाउँपालिकाले माघ महिना भित्रै योजना सम्झौता गर्ने वडा अध्यक्षलाई सम्मान गरेको छ । तातोपानी १  का वडा अध्यक्ष प्रेम बहादुर कठायतलाई सम्मानित गरिएको हो । पालिकाले माघभित्रै योजना सम्झौता सकाएका कारण  उनलाई सम्मानित गरेको  बताएको छ ।  

     छोटो अवधिमा विकास निमार्ण गुणस्तर नहुँने भन्दै पालिकाले माघ भित्रै योजनाको सम्झौता गराउने लक्ष्य  लिएको थियो । सोही वडाका सबै योजना सम्झौता गरेको भन्दै पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु सम्मूर्ण कर्मचारीहरुको सहभागितामा दोसल्ला र अबिरसहित सम्मान गरिएको छ ।
     
    तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकियका रुपमा मिलन बुड्थापा आएपछि माघ पहिलो साता कर्मचारी र वडाध्यक्षहरु संग छलफल गरेर माघ भित्रै योजना सम्झौता सक्ने निर्णय भएको थियो ।  

    उनी  यसअघिदेखि वडामा प्राविधिक जनशक्ति खटाउने देखि  जनप्रतिनिधि र कर्मचारीहरु योजना सम्झौतामा लागिपरेका थिए । 

    जसअन्तरर्गत  तातोपानी गाउँपालिका वडा नं.१ का वडाका सबै योजना माघ तेस्रो सातामै सकाउन वडाध्यक्ष प्रेम बहादुर कठायतले प्रभावकारी समन्वय र सहकार्य गरेकोले सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताए । 

    उनले भने,“माघ मसान्त भित्र सवै योजनाहरु सम्झौता गरि सक्ने भनी गरेको निर्णय लाई सार्थक तुल्याउदै वडा नं.१ वडाध्यक्ष सबै योजना सम्झौता गर्न सफल भएका छन् । अरुलाई सिकाई होस भनेर वडाध्यक्षलाई उर्जा थप्नका लागि पालिकाबाट सम्मान गरेका हौ ।” 

    विकासमा गुणस्तर ल्याउन,पुँजिगत खर्च बढाउन,समयमै भुक्तानि सक्न,असारे विकासको अन्त्य गर्न र अनुगमन निरिक्षणलाई प्रभावकारी माघमै योजना सम्झौता सक्ने अभियान थालेको प्रमुख प्रशासकिय अधिकृत बुड्थापाको भनाई छ । 

    हतारमा गरिएको सम्झौताले विकास निर्माणलाई गति दिन नसक्ने भएकाले यसमा कर्मचारी,जनप्रतिनिधि नागरिकको सहयोग समन्वय सहकार्य आबश्यक छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने,“पालिकाका ८ वटा वडा मध्य १ नम्बर वडाले निर्धारित लक्ष्यअनुसार सबै योजना सम्झौता सकेको छ । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…