• वुटवल, २९ माघ 

    लुम्बिनी प्रदेशको  स्थायी राजधानी दाङमा अझै सबै मन्त्रालय सरिसकेका छैनन् । दुईवटा मन्त्रालय सरेपनि मन्त्री र कर्मचारी बुटवलमै बस्छन् । पूर्वाधार नबनिसकेकाले दाङको देउखुरीमा मन्त्रालय सार्न समस्या छ ।  तर, लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय सरि नसक्दै दाङमा प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी दाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।

    अहिलेसम्म प्रदेशका सबै काम कारवाही अस्थायी राजधानी बुटवलबाटै भरहेका छन् । तर प्रदेश सरकारले हालसम्म सञ्चालन भैरहेको क्षेत्र छाडेर प्रदेश स्थापना दिवस मनाउन दाङको देउखुरी रोजेको हो ।

    मन्त्री शर्माका अनुसार फागुन १ देखि ३ गते सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । मन्त्रालयहरु सरिनसकेको भएपनि प्रदेशको स्थायी राजधानी दाङ तोकिएकाले दाङमै स्थापना दिवस मनाउने निर्णय गरिएको उनले जानकारी दिए ।

    कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दा स्थापना दिवसमा प्रतिकात्मक कार्यक्रम  गरिने उनले बताए । प्रदेश सरकारले यसपटक झाँकीसहितको प्रदर्शनको कार्यक्रम भने नगर्ने भएको छ । स्थानीय तहबाट पनि स्थापना दिवसमा सहभागिता नगराइने मन्त्री शर्माले बताए । स्थापना दिवसकै अवसरमा प्रदेश सरकारले घोषणा गरेका विभिन्न पदक सीमित संख्यामा  सहभागी गराएर वितरण गर्ने तयारी छ । 
     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…