• काठमाडौं, २९ माघ
    चारदेशीय टी- २० शृंखलाको दोस्रो खेलमा आज शनिबार नेपालले सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्र्दैछ । शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल यूएईविरुद्ध मैदान उत्रदा आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

    ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पाैने १२ बजेदेखि सुरु हुनेछ ।

    शृंखलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालको जितमा ब्याटिङतर्फ  दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाउँदा बलिङमा अविनाश बोहराले तीन विकेट लिएका थिए । ओमानविरुद्धको ७३ रन दीपेन्द्रले ट्वान्टी २० क्रिकेटमा बनाएको सबैभन्दा उच्च रन हो ।

    आइसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चारदेशीय शृंखलामा सहभागी छन् । 

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …