•   लेटाङ- "एमालेले मात्र देशको बिकास गर्छ भन्दै लेटाङका पुर्ब प्रधान पन्च लगायत एमालेमा प्रबेश" भन्ने शीर्षकमा कोशी बुलेटिन डटकमले तोया नाथ कोइराला  नेकपा माओवादी केन्द्र परीत्याग गरि एमालेमा प्रवेश भनेर सम्प्रेषण गरेको समाचार निरधार रहेको स्पष्ट भएको छ।
    नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटी अन्तर्गतको ३ नम्बर वडा कमलपुर टोल समितिका अध्यक्ष समेत रहेका  तोया नाथ कोइरालाले उक्त समाचारको खण्डन गरेका हुन।
    सनिवार प्रेस वक्तव्य जारी गर्दै कोइरालाले लेटाङ बजार बाट घर फर्किने क्रममा चिनजान तथा मित्रताको हिसाबले जिस्क्यौली शैलिमा अबिर र खादा ओडाई दिएको प्रष्ट पारेका छन। वहाहरुले साथिको नाताले यता बसौं भन्न पाउनु हुन्छ तर राजनीतिक प्रतिसोध नै साधेर ब्यक्तिको प्रतिष्ठामै आच आउने खालको भ्रमाक र निरधार प्रचार गर्नु गलत हो।वक्तव्यमा उल्लेख गरेका छन।
    यसले सिङो माओवादी पार्टी  केन्द्र लेटाङलाई प्रहार भएको छ।यो मानेमा ठिक भएन"कोइरालाले भनेका छन। कोइराला माओवादी केन्द्रमै प्रतिबद्ध रहेको र निरन्तर पार्टीको कामलाइ कृयशिल भइ लागेको नेता कार्यकर्ताहरुलाई वक्तव्यमा लेखेका छन।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…