• दार्चुला, १ फागुन

    दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बालुवा निकाल्ने क्रममा बगेकी महिलाको प्रहरीले उद्धार गरेको छ । आइतबार बिहान ८ बजेतिर महाकाली नदी किनारमा बालुवा निकाल्दा स्थानीय २४ वर्षीया लिला ओडलाई महाकाली नदीले बगाएको थियो । बगाउँदै गर्दा नदीको बीचमा एउटा ढुङ्गामा उत्रिन सफल भएपछि ओडबीच नदीमा अड्किएकी थिइन् । 

    नदीमा अड्किएको जानकारी आएपछि उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोली उक्त क्षेत्रतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बिहानको चिसो नदीमा पौडिएर प्रहरीले महिलाको सकुशल उद्धार गरेका छन् । उद्धार गरी ओडलाई जिल्ला अस्पताल दार्चुला पुगाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भारतको छिरकिल्लामा रहेको धौलीगङ्गाबाँधका ढोका खोल्दा महाकाली नदीमा बहाब बढ्ने गरेको छ । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…