• इस्लामबाद, २ फागुन

    कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एउटा अर्धवैशे व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो ।

    एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको हल्ला चलेपछि माघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएका थिए । 

    लगत्तै केही समयपछि एक व्यक्तिको शव रुखमा झुन्डाइएको थियो । पाकिस्तानी समाचार संस्था डनका अनुसार ती व्यक्तिmले आफूले निर्दोष भएको बताएका थिए, तर कसैले सुनेनन् । ती व्यक्तिलाई ढुंगा प्रहार गर्नुअघि प्रहरीको एउटा समूह घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल ती व्यक्तिलाई  नियन्त्रणमा लिएको थियो । तर, एउटा भिडले उनलाई प्रहरीबाट लक्षारेर आफ्नो नियन्त्रणमा लिएको थियो ।
     
    पाकिस्तानमा इस निन्दाको आरोपमा समूहले व्यक्तिलाई हत्या गरेको यो पहिलो घटना होइन । डिसेम्बरको सुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एउटा समूहले कुटेर श्रीलंकाका एक व्यक्तिको हत्या गरेको थियो । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…