• मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित भुटानी शरणार्थी शिविरमा आगलागि हुँदा शरणार्थी बस्दै आएको तीन वडा टहरा (बासस्थान) लगेर नष्ट भएको छ ।  
    शिविरको सेक्टर ‘ए’ १ हट नं. १९ का तिलक राई र उनको छोराहरुको पुरानो तीन वटा  टहराहरु जलेर नष्ट भएको हो । 
    आज (सोमबार) अपरान्ह करिव साढे ३ बजे बंगुरको चारो पकाउने टहरामा राखिएको दाउराबाट आगो लागेको पीडित परिवारले जनाएको छ । आगलागिबाट तिलक राईका हट (बासस्थान)को साथै दुई छोरा रामचन्द्र र लक्ष्मण राईको टहराहरु जलेको छ ।
    सो स्थानमा  रहेका ३ वटा परिवारको टहराहरू त्यहाँ भएका सम्पूर्ण सामान जलेर नष्ट भएको हो । आगलाडिबाट खाद्यन्न, कपडा, दुई वटा साईकल, थालभाँडा, तीन वटा मोवाइल, गरगहना र चार लाख नगद लगायत ९ लाख बढीको धनमाल जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । आगो निभाउन उर्लाबारी, बेलवारी, दमक नगरपालिकबाट दमकल आएको थियो । दमकल आउनु अघि नै छाप्राहरु जलेर नष्ट भइसकेको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन १० नं. वडा स्थित भुटानी शरणार्थी शिविर क्षेत्रमा सार्…

मोरङ । कोशी प्रदेश नामको समर्थक बस्ने प्रदेश सभा सदस्य निरन राईलाई शनिबार झापाको बिर्तामोडमा वंश गद्दार घो…

मोरङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश नं. १ का पूर्ब मुख्यमन्त्रीहरु शेरधन र…

मोरङ । कोशी प्रदेश नाम खारेजी विरुद्ध ‘पहिचानको लागि सडक साहित्य यात्रा—२०७९’ मोरङको …