मोरङ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल क्रान्तिकारी र वाईसील नेपालले बुधबार मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी बजारमा विरोध प्रदर्शन गरेको छ ।
पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी र वाईसीएल मोरङ जिल्ला समितिले विरोध प्रदर्शन गरेको हो । दुई वटा संगठनले संयुक्त रुपमा आयोजित विरोध कार्यक्रममा राष्ट्रघाति एमसीसी मुर्दावाद, राष्ट्रिय स्वाधिनताको रक्षा गरौ लगायतको नारा लगाएका थिए ।
अपरान्ह करिव साढे २ बजे भएको कार्यक्रममा वाईसीएल नेपालको १ नम्बर प्रदेश उपाध्यक्ष खगेन्द्र सुवेदी र अखिल क्रान्तिकारीको मोरङ जिल्ला उपाध्यक्ष नगेन्द्र घिमिरे मन्तब्य राखेका थिए । कार्यकर्ताहरुले केही बेर नारा जुलुसपछि कोण सभा गरेका थिए ।